coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

कर्णाली आन्दोलनका सहिद हरिबहादुर कुँवरलाई टीका लगाइदिँदै आमा वासमति कुँवर। तस्बिरः डिबी वुढा

जुम्ला– संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

सर्वदलीय सर्वपक्षीय आयोजक समितिले सहिद   कुँवरको प्रथम स्मृति दिवस जिल्ला प्रशासन कार्यालय अगाडी मनाएको हो। दिवसका अवसरमा सहिद कुवरको फोटोमा माल्यणपर्ण गरिएको थियो । कुवरको आमा वासमति कुवँरलाई सो अवसरमा  दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कर्णालीको हक हितको आन्दोलनको अगुवाई गरेर सहिद वनाउने आमा प्रति सवैले सम्मान व्यक्त गरेका हुन्।

विशेष अधिकारसहितको कर्णाली संघीय प्रदेशको माग गर्दै सुरु भएको आन्दोलनमा कुवँर सहिद भएका थिए। २०७२ साल साउन २४ गतेदेखि कर्णाली विशेष अधिकारसहितको संघीय प्रदेशको माग गर्दै आन्दोलन भएको थियो। आन्दोनल दबाउन प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुवँरको उपचारका क्रममा काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

कुवँर जुम्ला ताम्ती – १ सर्मीमा २०५२ साल असोज १० गते जन्मिएका थिए। स्मृति दिवसका अवसरमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरुलाई सम्मान गरिएको छ। घाइतेहरु पदम तिमिल्सेना, छत्र कार्की, राजन रोकाया, सन्तोष बुढथापा, पवित्रा महतारा  गोली लागेर घाइते भएका थिए। उनीहरु उपचारपछि घर फेर्केका थिए।

कर्णाली आन्दोलनको प्रभावका कारण संघीयताको आन्दोलनलाई सरकारले सम्बोधन गर्दै कर्णाली र आसपासका जिल्ला समेटेर प्रदेश नं. ६ बनाएको थियो।  सहिद कुवँरकी आमा र घाइतेहरुलाई आन्दोलन परिचालन समितिका संयोजक एवं पूर्व सभाषद् देवीलाल थापाले सम्मान गरे। पूर्वसांसद थापाले कर्णालीको समग्र विकास र पहिचानको आन्दोलनमा मृत्युवरण गर्ने सहिद कुँवर कर्णालीबासीको मानसपटकमा सदैव सुरक्षित हुने धारणा राखे।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामुहिक स्वार्थको लागि दिलो ज्यान दिने सहिद कुँवर ६ नम्वर प्रदशेको आखाको नानी वनेको बताए। उनको सम्झनामा खलंगामा शालिक निर्माण गर्नुका साथै ताम्ती कुँडारी सडकलाई हरिबहादुर मार्गको रुपमा नामाकरण गरिसकिएको छ।

 

 

प्रकाशित: ६ भाद्र २०७३ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App