coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक अन्तिम आठमा

बुटवल – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले शुक्रबार सुदूर पश्चिम–११ लाई ५–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको छ। 

बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा मदन भण्डारीलाई जिताउन प्रकाश बुढाथोकीले २ तथा सेड्रिक आवा, विश्व अधिकारी र दिपेश आलले १÷१ गोल गरेका थिए। सुदूर पश्चिमका लागि अन्जन ध्वजले गरेको गोल सान्त्वना बन्यो। 

मोफसलमा हुने नकआउट प्रतियोगितामध्ये सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन्। १९ गतेसम्म चल्ने प्रतियोगिता मदन भण्डारी स्पोटर््स एकेडेमी पाँच नम्बर प्रदेशले अयोजना गरेको हो। १० टोली सहभागि प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछ। 

पहिलो हाफ प्रतिस्पर्धात्मक बने पनि दोस्रो हाफमा मदन भण्डारी स्पोटर््स क्लब हावी बनेको थियो। प्रकाश बुढाथोकीले गरेको गोलमा आयोजकले १८औं मिनेटमा अग्रता लिएको थियो। प्रकाशले आवाको पासलाई गोलमा परिणत गरेका थिए। पहिलो हाफ सकिन १ मिनेट बाँकी छँदा पूर्णअन्जान ध्वजुले बराबरी गोल फर्काए। 

६४औं मिनेटमा प्रकाशले एकल प्रयासमा गोल गर्दै मदन भण्डारीलाई पूनः अग्रता दिलाए। ७१औं मिनेटमा आवाले अर्को गोल थपे। त्यसको ६ मिनेट वित्न नपाउँदै विश्वले फ्रि–किकमा गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा दिपेशले अर्को गोल थपेपछि मदन भण्डारी स्पोटर््स एकेडेमीले ५–१ को सहज नतिजा निकाल्यो। 

दुई गोल गरेका प्रकाश म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए। मदन भण्डारीले सेमिफाइनल पुग्नका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार सशस्त्र प्रहरी बल(एपिएफ)ले झपा–११ सँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १० चैत्र २०७४ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App