coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलुक जोगाउन संविधान संशोधन आवश्यक:उपेन्द्र यादव

राजविराज–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई संक्रमणबाट जोगाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। संघीय प्रेस फोरम सप्तरीले सोमबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले मुलुक संक्रमणमा पर्नुको मुख्य कारण ‘जबरदस्ती लाद्न खोजिएको संविधान’ रहेको जिकिर गर्दै मुलुक जोगाउनका निम्ति संविधान संशोधनको विकल्प नै नरहेको धारणा राखे।

‘हाम्रो मुलुक बहुराष्ट्रिय विविधता सहितको राष्ट्र हो, यो तथ्य कहिल्ये बिर्सिनु हुन्न, तर संविधान निर्माणका बेला ठूला भनाउने दलहरुले मुलुकको विविधातालाई ख्याल गर्न सकेनन्’, यादवले भने, ‘मुलुकलाई स्थिरता संविधानले दिने हो, संविधान नै विभेदपूर्ण भए स्थिरताको कुरै आउँदैनन् ।’

आफूहरुले बनाएको संविधानलाई जतिसुकै सर्वोत्कृष्ट भनिएपनि त्यसलाई सर्वस्विकार्य नबनाएसम्म मुलुकले निकास नपाउने बताउँदै यादवले मधेशी, आदिवासी जनजाति, दलित लगायतका पिछडिएका वर्ग समुदायहरुको पहिचान तथा पुहचको संवैधानिक सुनिश्चितता नगरिएसम्म हालको संविधान सर्वस्विकार्य हुनै नसक्ने ठोकुवा गरे।

‘एकै थरका २÷४ भाइबन्धुहरुले बालुवाटारमा रातारात सहमति गरेर ल्याइएको संविधान मुलुकका सवै बर्ग समुदायले स्विकार्न नसक्दा समस्या आएको हो’, यादवले भने, ‘ठूला भनाउनेहरुले ठूलो मन पनि देखाउनु पर्छ, दलीय, जातीय र सामुदायिक स्वार्थवाट माथि उठेर मुलुकलाई निकास दिनुपर्छ।’
संविधानमा व्यापक संशोसधनको खाँचो रहेको औल्याउँदै यादवले संविधानलाई तत्कालका लागि काम चलाउन बनाउन कम्तीमा ८३ वटा धारामा संशोधन गरिनुपर्ने तथा सर्वस्विकार्य बनाउन २ सय ३ वटा धारालाई सच्याउनु पर्ने बताए।
पत्रकारहरुले राखेको एक जिज्ञासामा बोल्दै नेता यादवले संविधान संशोधन मुलुकको विशुद्ध आन्तरिक मामिला रहेको बताए । ‘संविधान संशोधन हाम्रो आन्तरिक मामिला हो, यसमा भारतले के भन्यो, चीनले वा अन्य अन्तरर्राष्ट्रिय समुदायले के भन्यो भन्नेतिर  लाग्नु उचित होइन’, यादवले भने ।

एमालेका नेताहरु कुनै पनि हालतमा संविधान संशोधन गर्न दिन्नौ भनि रहँदा संशोधन सम्भव छन् र ?’ भन्ने पत्रकारहरुको प्रश्नमा यादवले राजनीतिमा अंक गणितीय गणनाले खासै प्रभाव नपार्ने गरेको टिप्पणी गरे। यादवले भने, ‘हिजोसम्म संविधानलाई उत्कृष्ट भन्नेहरु मध्यै हाल कतिपयले संविधानमा त्रुटि रहेको भनि स्विकारी सकेका छन्।’

‘मलाई विश्वास छ, मुलुकको हितका निम्ति एमाले कहिले पनि बाधक हुँदैन होला’, यादवले थपे, ‘लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, मधेशी, दलित, आदिवासी जनजाति लगायतका लागि एमाले पनि जिम्मेवार बन्ने छ, तसर्थ आशा गरौ एमाले संविधान संशोधनका लागि बाधक हुने छैन।’

‘मुलभुत एजेण्डामा एकमत’
 

आन्दोलनरत मधेशी मोर्चा र गठबन्धनबीच विवाद रहेको भनि चर्चा चलिरहेको सन्दर्भमा नेता यादवले मुलभुत एजेण्डामा आफूहरुले एकमत रहेको  जिकिर गरे। ‘सरकारमा सहभागिता देखि आन्दोलन सम्मको ऐजण्डामा मोर्चा र गठबन्धनबीच कुनै विवाद छैन’, यादले भने, ‘राजनीतिमा सवैको ऐजेण्डा फरक फरक हुन सक्छन्, सवैको कार्यक्रम पनि फरक फरक हुन सक्छन् तर आन्दोलन लगायतका मुख्य एजेण्डाहरुमा हामी एकैठाउँमा छौ।’

आफूहरुले चाहे अनुरुपको संविधान संशोधन लगायतका मागहरु सम्बोधन नभए सम्म सरकारमा नजाने तथा सरकारले आफुहरुसँग गरेको सम्झौता तोडे सँगसँगै शसक्त आन्दोलन गर्ने लगायतका मुख्य ऐजेण्डा मोर्च र गठबन्धको साझा ऐजेण्डा रहेको यादवको भनाइ छ ।

नेपाली राजनीतिमा समस्याका बेला भद्र राजनैतिक सहमति गर्ने तथा आफु अनुकुल सहजता आएमा अभद्र तरिकाले सहमति तोडने परिपाटी हाबी हुँदै गएको भन्दै यादवले वर्तमान सरकारले मधेशी मोर्चा तथा गठबन्धसँग गरेका भद्र सहमति तोडो परिणाम उपयुक्त नहुने चेतावनी समेत दिए । ‘सहमति अनुरुप संविधान संशोधन गरिएन भने हामि संविधान खारेजीका लागि आन्दोलन थाल्छौ’, यादवले भने ।
 

‘आर्थिक रुपले पनि धराममा पर्दैछन् मुलुक’

नेता यादवले राजनीतिक अस्थिरताका कारण आर्थिक रुपमा समेत मुलुक धरापमा पर्दै गएको टिप्पणी गरे। फरक प्रसंगमा बोल्दै नेता यादवले छिमेकी दक्षिणी एशियाली मुलुकहरु समेत आर्थिक समृद्धि र विकास तर्फ उन्मुख भइरहेका बेला नेपाल भने आन्तरिक राजनीतिक किचलोकै कारण पछाडि पर्दै गएको बताए ।

‘एकात्मक सोचले मुलुक प्रगति पथमा कहिले पनि बढ्न सक्दैनन्’, यादवले भने, ‘मुलुकका सवै वर्ग, सवै समुदायलाई साथ साथ नलगिए सम्म मुलुमा राजनीतिक स्थिरता आउँदैन तथा राजनीतिक स्थिरता नआए सम्म विकास सम्भव हुने छैन ।’ अहिले पनि झण्डै ९२ प्रतिशत बढी आवश्यक वस्तु आयातनै गर्नुपर्ने अवस्था रहेको बताउँदै यादवले भने, ‘नेपाली युवायुवतीहरु विदेशवाट रेमिट्यान्स पठाएको भए मुलुकको टाट पल्टिसकेको हुन्थ्यो, यसतर्फ पनि हामिले विचार पुर्याउनु पर्छ ।’

 

प्रकाशित: ६ भाद्र २०७३ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App