coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकको चारघरेमा बस खस्यो, च्यापिएर तीनको मृत्यु (अपडेट)

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको साँखु भोटेचौर मेलम्ची सडकखण्डको चारघरेमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  दुर्घटनामा शिखरपुरका ६० वर्षीय खुमराज अधिकारी सोही ठाउँका ४४ वर्षीय चन्द्रबहादुर देउजा र बाँसबारीकी ५१ वर्षीया तुलसा पराजुलीको मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्। जसमा ४ जनाको अवस्था गम्भिर छ।

शुक्रबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो। काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा हेल्मो यातायातको बस सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो। 

इलाका प्रहरी कार्यालय मेलम्ची र पाहुनेपाटी चौकीका सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेको उद्धार गरेका थिए। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार क्षतिग्रस्त बसमा च्यापिएर दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

प्रकाशित: ९ चैत्र २०७४ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App