'बाफिया' विधेयक संसदीय समितिमै फिर्ता

मङ्गलबार, ०७ असार २०७३, १६ : १२

काठमाडौं– सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी(बाफिया) विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार सदनमा प्रस्तुत गरेकाे ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२’ को केही दफाका सम्बन्धमा पुनर्विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस्’ भन्ने प्रस्तावलाई स्वीकार गर्दै समितिमै फिर्ता पठाइएको हो।

अर्थ समितिमा आवश्यक छलफल नै नगरिकन बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा सोसँग सम्बन्धित व्यक्ति तथा पदाधिकारीको चाहनाअनुसार विधेयक तयार पारिएको भन्दै यसको आलोचना हुँदैआएको थियो। संसदकाे समितिमा प्रतिनिधित्त्व गर्ने बैंकसञ्चालक सांसदहरूकाे अाग्रह र बदाबमा उक्त विधेयक समितिले पारित गरि संसदकाे पूर्ण बैठकमा पठाएकाे थियाे।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गरेकाे ‘सार्वजनिक खरिद(पहिलो संशोधन) विधेयक, २०७२ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृत गर्यो ।

बैठकमा कानुनमन्त्री खरेलले ‘न्याय परिषद् विधेयक, २०७३’ लाई पनि सदनमा प्रस्तुत गरे। यसअघि ‘न्याय परिषद् ऐन, २०७३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद डिल्लीप्रसाद काफ्लेले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।

त्यसैगरी, वन ताथ भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेकाे ‘वन (दोस्रो संशोधन) विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत बैठकले स्वीकृति प्रदान गर्यो ।

सदनमा विनियोजन विधेयक, २०७३ को विभिन्न शीर्षकमाथि छलफल जारी रहेको छ। बैठकमा वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, सामान्य प्रशासन र पशुपक्षी मन्त्रालय शीर्षकहरुमाथिको छलफल चलिरहेको रहेको छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad