coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पूर्वमा चट्याङले ४ को मृत्यु, ४ घाइते

विराटनगर–    बर्षासँगै परेको चट्याङ लागेर पूर्व क्षेत्रमा आइतवार साँझ चारजनाको मृत्यु भएको छ ।  चटयाङले नै चारजना घाइते भएका छन्।
पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार सप्तरीको कंचनरुप–४ बस्ने ६० बर्षीय लक्ष्मी मुखियाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ भने उनका नाति अन्दाजी ८ बर्षका देबा मुखिया घाइते छन्। आइतवार अपरान्ह ४ बजेतिर परेको चट्याङले आफ्नै घरमा बसिरहेको उनीहरुलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते देबाको स्थानीय मेडिकलमा उपचार जारी छ ।

पूर्वी पहाडी जिल्ला भोजपुरको छिनामखु–४ मा परेको चट्याङ लागेर खेतमा काम गर्दे गरेका १८ वर्षीय राजिब श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका २७ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका छन् । चट्याङले छिनामखु–७ बस्ने गंगा बहादुर श्रेष्ठको दुई वटा भैँसी, दुई वटा राँगा र कृष्ण बहादुर खत्रीको एउटा भैसी समेत मरेका छन् ।

 यस्तै, ओखलढुंगाको कटुन्जे–८ मा चट्याङ लागेर स्थानीय  ६५ वर्षीया निर्माया सार्कीको मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेको बेला अचानक परेको चट्याङ लागेर उनी गम्भिर घाइते भएकी थिइन् । गम्भिर घाइते सार्कीको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालाय बरुणेश्वरले जनाएको छ ।

सोलुखुम्बुको देउसा गाविस–२ मा  परेको चट्याङ लागेर आफ्नै घरमा बसीरहेका अन्दाजी ३० वर्षीय लालकुमार राईको मृत्यु भएको छ भने उनकी नाम नखुलेकी ३ वर्षीया छोरी घाइते भएकी प्रहरी चौकी नेलेलाई उद्र्धत गर्दै पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

इलामको देउमाइ–३ स्थित मझुवामा चट्याङ लागेर ३८ वर्षीय रामबहादुर राई घाइते भएका छन्। गाइते राईको स्वास्थय चौकी मंगलबारेमा उपचार भइरहेको छ। भदौ लागेदेखि नै प्रचण्ड गर्मी खेपिरहेको पूर्वी नेपालमा आइतवार अपरान्हदेखि मौसम एकाएक परिवर्तन भए । हावाहुरी,  बर्षा र चट्याङ एकै पटक आएको थियो ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App