६ वैशाख २०८१ बिहीबार
समाज

नाग्म गमगडी सडक अवरुद्ध, यात्रुलाई सास्ती

जुम्ला–अविरल वर्षाका काण दुई महिनादेखि कर्णाली राजमार्गको सहायक राजमार्गको रुपमा रहेको नाग्म गमगडी सडकमा सवारी साधन चल्न सकेका छैनन्।   बर्षाका कारण नाग्म गमगढी सडक खण्डको सयौै ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

यतिवेला मुगु सदरमुकाम गमगडीलगायत गाँउघरमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ ।   जुम्ला खण्डको बाजागाडा, कोईरेली, चुलेलगाँउ, बैरागीडाडा, बोतामालीकाको  र मुगु जिल्लाको घुच्ची लेखमा रहेको ७ मोड सडक अवरुद्ध भएको हो । यस्तै पिना, झयारी खोला, टोप्ला गाँउ, मैथुडाडा, तलितुम गमगढी बजार जुम्ली मन्दिरलगायतका सयौं  ठाउमा सडक अबरुद्घ भएको मुगु उद्योग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्रवहादुर मल्लले बताए।

 गमगढी बजारमा रहेका पसलहरुमा मानिसहरुलाई दैनिक आवश्यक पर्नेे सामानहरु एकदम कम मात्रमा थालेका छन्। सबै भन्दा बजारमा सकिएको सामान चिनी, तेल, चामल, दाल, नुन, पेय प्रदार्थ, चाउचाउ, बिस्कुट, बर्षातको समयमा चाहिने छाता, त्रिपाल, प्लाष्टिक, जुता चप्पल, लगायतको सामाको अभाव देखिएको हो।

गाडी नचलेको २ महिना बढी भइसक्दा समेत सडक डिभिजन कार्यालय कर्णालीले सडक खुलाउन पहल भएको छैन  । मालवहाक गाडी बाटोमा अलपत्र अवस्थामा छन ।   अवरुद्घ सडक हटाउनकालागि सडक डिभिजन कार्यालय जुम्लालाई नियमित पत्र र फोनमार्फत दवाव दिँदा पनि बिग्रेको सडक खुलाउको लागि कुनै पहल भएको छैन् । सडक डिभिजन कार्यालय जुम्लाले गत आर्थिक वर्षमा करोडौ रुपैयाको सडक मर्मत गरेको बताएको छ

 

प्रकाशित: ६ भाद्र २०७३ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App