७ वैशाख २०८१ शुक्रबार
शिक्षा

आमाछोरीले सँगसँगै दिए एसइई

एसइई परीक्षा दिन सर्लाहीको देवधारी उमावि परीक्षा केन्द्र पुगेका आमा मन्तोर देवी(दायाँ)र छोरी आरती । तस्बिर : टंक क्षेत्री

सर्लाही – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ अन्तर्गत सर्लाहीको एक परीक्षा केन्द्रमा आमा र छोरीले सँगसँगै परीक्षा दिएका छन्।

चक्रघट्टा गाउँपालिका–७, सगरदिना निवासी मन्तोर देवी राम र उनकी छोरी आरती कुमारीले देवधारी उमावि सुन्दरपुर सुखचैना परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्। जनता मावि औरहीमा अध्ययनरत आमाछोरी नियमिततर्फ एसइईमा सहभागी बनेको औरहीका प्रधानाध्यापक लक्ष्मीकान्त यादवले जानकारी दिए।

छोरी आरतीले १ कक्षादेखि नै सो विद्यालयमा पढेपनि आमा मन्तोर देवीले भने आठ कक्षामा भर्ना भएर अध्ययन सुरु गरेको सो विद्यालयले जनाएको छ । मन्तोर देवी औरही स्वास्थ्य चौकी स्थित वर्थीङ सेन्टरमा सुडेनीको समेत काम गरिरहेकी छिन्। 
३३६ विद्यार्थी अनुपस्थित
नियमिततर्फ ८ हजार ५९२ जनाले फारम भरेकामा ५८ जनाले राजश्व नै नबुझाएको र राजश्व बुझाएका मध्ये पनि विहीबार ८ हजार ३४८ जनाले मात्र परीक्षामा सहभागिता जनाएको जिल्ला शिक्षा कार्यालय परीक्षा फाँट प्रमुख दिपक काफ्लेले जानकारी दिए । त्यस्तै एक्जाम्टेड समूहतर्फ ५३९ जनाले फारम भरेकामा ८८ जना अनुपस्थित भएका छन् भने प्राविधिकतर्फ १६० ले फारम भरेकोमा ४ जना अनुपस्थित भएका छन्।

८१ सामुदायिक, ३७ संस्थागत, २ खुल्ला र १ गृहिणीसहित १२१ वटा विद्यालयका परीक्षार्थीलाई ३२ वटा परीक्षा केन्द्र मार्फत एसइई सञ्चालन भइरहेको शिक्षा कार्यालयले जनाएको छ। विहीबार पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा फाँट प्रमुख काफ्लेले जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०७४ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App