८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडौ–सुर्खेत हवाई सेवा पुनः सुरु हुने

गुगल नक्सा ।

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र काठमाडौंसँग सिधा हवाई उडान मार्फत जोडिने भएको छ । करिव एक घन्टाको यो उडान दुई वर्षअघि भारतले नाकाबन्दी लगाएपछि रोकिएको थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द अधिकारी, कर्णाली प्रदेशका मुख्य मन्त्री, प्रदेशमन्त्रीहरु र हवाई सेवा प्रदायक कम्पनीहरुबीच भएको छलफलमा हवाई उडान पुनः सञ्चालन गर्ने सहमती भएको हो । 

छलफलमा पर्यटनमन्त्री अधिकारीले सुर्खेतसम्मको सिधा उडानले कर्णालीको पर्यटनमा बदलाव ल्याउने बताए ।  कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले भ्रमण वर्ष २०७५ मनाउन लागेको कर्णालीइ प्रदेशमा हवाई उडान भएमा कर्णालीबासीको मुहारमा खुशी छाउने बताए । 

 

प्रकाशित: ८ चैत्र २०७४ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App