फान अवार्ड २०७३

२० विधामा ‘छक्का पन्जा’

बिहिबार, ०८ चैत २०७४, ०९ : ५० नागरिक

399


काठमाडौं– गत वर्ष २०७३ को हिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ नै प्रदर्शन भएको वर्ष दिन पुग्न लागेको छ । फिल्मका निर्माता दीपकराज गिरी र दीपाश्री निरौला आउँदो महिनाबाट तेस्रो शृंखलाको पनि सुटिङ गर्दैछन् । ‘छक्का पञ्जा’कै अवार्ड वितरणमा चित्त नबुझेर कलाकार तथा निर्माता दीपकराज गिरीले अवार्ड कार्यक्रम नै बहिष्कार गर्ने घोषणा गरेर अवार्ड कार्यक्रममा देखिन छाडेका छन् । तर, समयमै अवार्ड गर्ने भन्दैै अवार्ड बाँड्न सुरु गरेको कलाकारसंघले नयाँ अवार्ड वितरण गर्ने समयमा लगभग तीन वर्ष पुराना फिल्मलाई अवार्ड वितरण गर्ने घोषणा गर्दै मनोनयन सार्वजनिक गरेको छ । संघले बुधबार विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो ।आगामी चैत्र १६ गते राजधानीमा नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘दोस्रो फान अवार्ड’मा यो फिल्म २४ विधामध्ये ‘छक्का पञ्जा’ २० विधाको मनोनयनमा परेको छ । मनोनयनका २० विधामा २२ कलाकार तथा प्राविधिक मनोनित छन्।

सार्वजनिक मनोनयनअनुसार दीपाश्रीको डेब्यु निर्देशित फिल्म कथा, पटकथा, संवाद, द्वन्द्व, सम्पादन, छायांकन, नवनिर्देशन, चरित्र अभिनेत्री, सह–अभिनेता (दुई), सह–अभिनेत्री, खलपात्र, हास्य कलाकार (दुई), अभिनेता, अभिनेत्री, चलचित्र, गीतकार, गायक, गायिका, संगीतकार र नृत्य निर्देशक विधाको मनोनयनमा परेको हो। यो मनोनयनमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी अभिनेता तथा खलपात्र दुवै विधाको मनोनयनमा छन्।

२०७४ सालकै अवार्ड बाँड्नका लागि थोरै दिन मात्र बाँकी रहँदा कलाकार संघले २०७२ सालमा प्रदर्शन भएका फिल्मलाई अवार्ड दिन लागेको हो । संघले २४ विधामा अवार्ड वितरण गर्ने गरी संघले सुरु गरेको अवार्डको यो दोस्रो संस्करण हो । 

त्यस्तै, प्रदीप भट्टराईको डेब्यु निर्देशन रहेको फिल्म ‘जात्रा’ र निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ समान १२ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘जात्रा’ चलचित्र, अभिनेत्री, अभिनेता, हास्य कलाकार, खलपात्र, सहअभिनेता, चरित्र अभिनेता, नवनिर्देशक, सम्पादन, संवाद, पटकथा र कथा विधाको मनोनयनमा परेको छ । त्यस्तै फिल्म ‘लुट २’ चलचित्र, नृत्य निर्देशक, संगीतकार, गायिका, निर्देशक, हास्य कलाकार, खलपात्र, छायांकन, सम्पादन, द्वन्द्व निर्देशन, पटकथा र संवाद विधाको मनोनयनमा परेको छ।

त्यस्तै, हेमराज बिसी निर्देशित फिल्म ‘गाजलु’ कथा, संवाद, सम्पादन, छायांकन, नवनायिका, सहअभिनेता, सहअभिनेत्री, निर्देशक, चलचित्र विधा गरी ९ विधाको मनोनयनमा परेको छ । यस्तै आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’ द्वन्द्व, चरित्र अभिनेत्री, नवनायक, नवनायिका, सहअभिनेत्री, निर्देशक, गायक र चलचित्र विधा गरी ८ विधाको मनोनयनमा परेको छ।

त्यस्तै, रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ कथा, पटकथा, संवाद, छायांकन, चरित्र अभिनेता, अभिनेता, निर्देशक, गायक गरी ७ विधामा मनोनित भएको छ । यस्तै नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ कथा, पटकथा, सम्पादन, छायांकन, नवनिर्देशक, अभिनेत्री गरी ६ विधाको मनोनयनमा परेको छ।

कार्यक्रममा अभिनेता नीर शाहले फिल्मले दर्शकलाई एकताबद्ध बनाउने कथामा जोड दिनुपर्ने बताए। ‘मुलुक प्रादेशिक स्वरुपमा अघि बढिसकेको छ । प्रदेशमा सरकारसँगै संसदीय अभ्यास पनि सुरु भइसकेको छ । यो अवस्थामा फिल्ममेकरले पूर्वको संस्कृति पश्चिमलाई र पश्चिमको संस्कृति पूर्वलाई मनपर्ने किसिमको फिल्म दर्शकलाई दिन आवश्यक छ,’ नीरले भने, ‘अब नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा अझ व्यापक रुपमा लैजानका लागि फिल्मकर्मीबीच सहकार्यको आवश्यकता देखिरहेको छु।’

संघका अध्यक्ष रामकेशर बोगटीले २०७३ सालमा सार्वजनिक प्रदर्शनमा आएका ८८ फिल्ममध्ये ७ सदस्यीय प्रारम्भिक चलचित्र छनौट सिफारिस समितिले छनौट गरेका फिल्महरु निर्णायक समितिले अवलोकन गरी मनोनयन सार्वजनिक गरेको बताए । कार्यक्रममा मनोनयनमा परेका कलाकार तथा प्राविधिकलाई मनोनयनपत्र प्रदान गरिएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

अहिले कस्तो एन्ड्रोइड स्मार्टफोन किन्ने ?

अहिले कस्तो एन्ड्रोइड स्मार्टफोन किन्ने ?

२०१८ मा आएर कस्तो किसिमको स्मार्टफोन किन्ने ? कस्तो नकिन्ने ? ...

स्लो वाइफाईको समाधान

स्लो वाइफाईको समाधान

वाइफाई स्लो चल्नेबित्तिकै इन्टरनेट सेवा प्रदायकलाई दोष दिने चलन छ । तर इन्टरनेट राउटर, राउटरको सेटिङ, राउटर राख्ने स्थान लगायतले...

सामसंगले ल्यायो तीनवटा क्यामरा भएको स्मार्टफोन - ग्यालेक्सी ए ७ (२०१८)

सामसंगले ल्यायो तीनवटा क्यामरा भएको स्मार्टफोन - ग्यालेक्सी ए ७ (२०१८)

सामसंगले आफ्नो पहिलो तीनवटा मुख्य क्यामरा भएको स्मार्टफोन ग्यालेक्सी ए ७ (२०१८) बजारमा ल्याउने भएको छ | ...

आजबाट iOS १२ रिलिज हुँदै

आजबाट iOS १२ रिलिज हुँदै

iOS १२ सेप्टेम्बर १७ मा रिलिज हुने कुरा एप्पलले आफ्नो किनोटमा घोषणा गरेको थियो | ...

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

ल्यापटप खरिद गर्न कुनै पसल जानुभयो भने तपाईंलाई सबैभन्दा पहिलो प्रश्न ‘कुन प्रोसेसर भएको ?’ भनेर नै सोधिने छ ।

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पलले यस वर्ष तीन वटा नयाँ आइफोनका मोडलहरु रिलिज गर्ने भएको छ - आइफोन XS आइफोन XS MAX र आइफोन...

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् ...

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। ...