बाग्मतीमा -याफ्टिङ र स्विमिङ गर्ने वातावरण बनाउँछु : मन्त्री मगर

बुधबार, ०७ चैत २०७४, १८ : ५३ नागरिक

5240


काठमाडौं- खानेपानी तथा सरसफाईमन्त्री विना मगरले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन्। 

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भनिन्, ‘संविधानको धारा ३० मा पनि सरसफाईको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्छौं।’ केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्नेपनि उनले सुनाईन्। ‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पनि पानीको बहाव बढाउँछौं’, उनले भनिन्।

मन्त्री मगरले कम्तीमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा -याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाइन। ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु’, उनले भनिन।

मन्त्री मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने दाबी गरिन। उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु।’

मन्त्री मगरले संविधानको धारा ३५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको बताईन्। उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ।’ 

उनले २५ दिनभित्रै मेलम्चीको टनेल सुन्दरीजल (मुख्य र अन्तिम द्धार)मा ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन। ‘असार मसान्तसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’, उनले भनिन्। मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन्। मगरले अब १४४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिइन्।   

तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन्। त्यस्तै उनले हिमाली रेञ्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन्।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा...

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र...

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग...

प्रियंकाले गरिन इन्गेजमेन्ट

प्रियंकाले गरिन इन्गेजमेन्ट

नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्। ...