७ वैशाख २०८१ शुक्रबार
अर्थ

भदौ १४ देखि 'नाडा अटो सो'

काठमाडौं- मुलुकको सबैभन्दा ठूलो गाडीहरूको प्रर्दशनी 'नाडा अटो सो २०७३' यही भदौ १४ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष गर्र्दै आएको प्रदर्शनीको यो ११ औं संस्करण हो।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले यस वर्षको प्रदर्शनी भदौ १४ देखि १९ गतेसम्म ६ दिन सञ्चालन हुने जानकारी गरायो। 'हरेक वर्ष जस्तै यसपालि पनि अटोमोबाइल्सको सबैभन्दा ठूलो प्रदर्शनी गर्न लागेका छौं,' कार्यक्रममा बोल्दै एसोसियसनका अध्यक्ष अन्जन श्रेष्ठले भने, 'हामीले प्रदर्शनीको सम्पूर्ण तयारी गरिसकेका छौं।'

प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा तथा अन्य एक्सेसरिजहरू रहने छन्। मेलामा सहभागी ७४ वटा संस्थाका सानाठूला गरी लगभग १ सय २५ स्टल रहने छन्। सहभागी संस्थाले विभिन्न योजनासहित सवारी साधन, सवारी साधनजन्य वस्तु तथा अन्य सेवा प्रदर्शनीमा राख्ने आयोजकले जानकारी गराए।

प्रदर्शनीमा १६ वटा ब्रान्डका ४ पांग्रे, १५ वटा ब्रान्डका २ पाङग्रे तथा ५ वटा ब्रान्डका हेवी कमर्सियल सवारी साधन रहने एसोसिएसनका उपाध्यक्ष तथा मेलाका संयोजक शम्भु दाहालले बताए। मेलामा चार पांग्रेमा डट्सन, फियाट, फोर्ड, होन्डा, हुन्डाइ, किया, महिन्द्रा, एमजी, निसान, रेनल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवाग, स्याङयोङ रहेका छन्। त्यस्तै २ पांगे्रमा बजाज, बेला, बेनेली, हिरो, होन्डा, केटिएम, महिन्द्रा, रोयल इन्पि्कल्ड, रनर, स्कोमाडी सुजुकी टिभिएस, युएम, भेस्पा, यामाहा रहेका छन्। हेवी कमिर्सियलमा अशोका, लेयल्यान्ड, आइसर, एस्कर्टस्, महिन्द्रा र टाटा कम्पनी रहेको आयोजकले बताए।

यस वर्ष मेलामा महिन्द्रा, एमजी सहित केही नयाँ सवारी साधन तथा अन्य अटो कम्पोनेन्ट पनि पहिलो पटक प्रदर्शनीमा राखिने आयोजकले जानकारी गरायो।  

एकै थलोमा विभिन्न गाडीका नयाँ मोडल तथा नयाँ प्रविधिसहितको प्रदर्शनीमा डिलर, उत्पादक, बिक्रेता, एवं ग्राहकको जमघटले सवारी साधन र सम्बन्धित सम्पुर्ण क्षेत्रको विकास, बजारिकरण र विस्तारमा महŒवपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ। प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एक्सेसरिज पनि राखिने छ। जुन नेपालमै उत्पादित सामग्री समेत रहने छन्।

६ दिन सम्म चल्ने प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ। गत वर्षको प्रदर्शनीमा झन्डै डेढ अर्ब रुपैयाँ बाराबरको कारोबार भएकोमा यसपालि २ अर्बको कारोबार गर्ने आयोजकले विश्वास लिएका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अटोमोबाइल्स क्षेत्रले देशको आर्थिक विकासमा ठूलो सहयोग पुर्‍याएको बताए। उनका अनुसार मुलुकको २० प्रतिशत राजस्व यस क्षेत्रले योगदान गर्दै आएको छ। झन्डै १७ लाख व्यक्तिलाई रोजगारी दिन सफल यस क्षेत्रमा वार्षिक ५० अर्बको कारोबार गर्दै आएको श्रेष्ठले बताए।

प्रकाशित: ६ भाद्र २०७३ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App