५ वैशाख २०८१ बुधबार
कला

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक

गीतकाे बारेमा बाेल्दै लेखक दिनेश थपलिया, सराेज अाेली, सराेज अधिकारी र अाश्मा विश्वकर्मा ।

काठमाडौँ – नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युज पाएकाे अवसरमा केक काटिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो।

१ महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाइक र ६ हजार डिसलाइक आएको छ । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ।

कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको पलाई सम्झिएका थिए भने गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको समेत बताए।  साथै उनले गीतको एक करोड भ्युज पुर्‍याएकोमा  सम्पूर्ण दर्शक तथा मिडियाकर्मीहरूलाई धन्यवाद समेत दिए।

केक काटेर मनाइएको एक करोड भ्युजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ। गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केही सातामा नै सार्वजनिक गरिनेछ।

प्रकाशित: ७ चैत्र २०७४ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App