४ वैशाख २०८१ मंगलबार
समाज

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं–  सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन्। निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन्दै मंगलबार महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन गरेका हुन्।

मन्त्री राईले संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले कुनै निर्णय लिने कुरा सोच्न नसकिने बताउँदै सम्बन्धित क्षेत्रको रायका आधारमा दुई दिनभित्र परिमार्जन गरेर निर्देशिका कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टले संविधानविपरीत सञ्चारसम्बन्धी कुनै निर्देशिका नल्याउन तथा अनलाइन मिडियालाई स्वनियम गराउन आग्रह गरे। रासस

 

प्रकाशित: ७ असार २०७३ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App