८ वैशाख २०८१ शनिबार
खेल

मध्यपुर र एनआरटीलाई सफलता

काठमाडौं- तीन बर्षपछि फुटबलमा फर्केका न्युरोड टिम(एनआरटी) र मध्यपुर युथ एशोसियनसले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छन। हल्चोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा मध्यपुरले खुमलटार युवा क्लबलाई २–१ हरायो। अर्को खेलमा एनआरटीले सामाजिक युवा क्लबलाई ६–१ ले पराजित गर्‍यो।

सबिन डंगोलले निर्णायक गोल गरेपछि मध्यपुरले जितबाट लिगको सुरुआत गर्ने अवसर पायो। भक्तपुरको मध्यपुरले आइतबार खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। हार नतिक पुगेर पनि टोलीले खेल आफनो पक्षमा पार्न सफल भयो।

खेलको निर्धारित समय सम्म मध्यपुर १–० ले पछि थियो। तर इन्जुरी समयमा खेल बराबरी गरेको मध्यपुरले नाटकिय ढंगले अन्त्यतिर खेल जित्न सफल भयो। खुमलटारले दुइ मिनेटमा अग्रता लिएको थियो। राजेन्द्र थापा मगरले गोल गदै खुमलटारलाई अगाडी बढाए। खुमलटार जित नजिक थियो। तर वैकल्पिक खेलाडी साजन प्रधानले इन्जुरी समयको पहिलो मिनेटमा गोल गदै खेल १–१ बराबरी गरे। सबिनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि मध्यपुरले महत्वपुर्ण तीन अंक जोड्न सफल भयो।

एनआरटीले भने सहज सुरुआत गरेको थियो। एनआरटी नेपाली फुटबलको पुरानो क्लब मध्ये एक हो। २०७० मा क्लबलाई लागेको ऋण तिर्नभन्दै ए डिभिजन लिगबाट अगल भएको एनआरटी कारवाही स्वरुप बी डिभिजनमा घटुवा भएको थियो। मध्यपुर दुइ वर्ष अघि रेलिगेसनमा परेको थियो।

एनआरटीको जितमा विश्व जित गुरुङ र रितेश मल्लले समान २ गोल गरे। विश्वले दुई मिनेटमा गोल गदै एनआरटीलाई अग्रता दिलाएका थिए। उनले ६८ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे। रितेशले पाँचौं र ८८औं मिनेटमा गोल गरेको थिए।  प्रदिप गुरुङले २१औं मिनेट र डिकेस खड्गीले ५३औं मिनेटमा गोल गदै एनआरटीको सहज दिलाउनमा सहयोग गरे। सामाजिकका लागी भुवन बस्नेतले ७८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

प्रकाशित: ६ भाद्र २०७३ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App