coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नेपाली फिल्मलाई अस्करको आह्वान

काठमाडौं- आगामी ८९ औं अस्कर अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनोट समितिले आइतबार जनाएको छ।

८९ औं अस्कर अवार्ड समारोह आगामी २०१७ फेबु्रअरी २६ का दिन  अमेरिकाको लस एन्जल्समा आयोजना गरिनेछ। प्रतियोगितामा नेपालको फिल्मले 'बेस्ट फरेन ल्यांग्वेज (गैरअंग्रेजी भाषी फिल्म)' विधामा प्रतिस्पर्धा गर्न पाउनेछ।

सहभागिताका लागि २०७२ असोज १४ देखि २०७३ साल भदौ १४ सम्मका अवधिभित्र कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन गरिएको फिल्म हुनु पर्नेछ। अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ। नेपाल समितिको शनिबारको निर्णयानुसार फिल्म आह्वान गरिएको हो।

प्रकाशित: ६ भाद्र २०७३ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App