८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चौथोपटक राष्ट्रपति निर्वाचित पुटिनलाई किमको सन्देश

सोल– उत्तर कोरियाली नेता किम जोंग उनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार बधाई ज्ञापन गरेका छन्। साथै उनको चौथो कार्यकालमा रसिया थप शक्तिशाली राष्ट्र बनोस भनी कामना गरेका छन्।

नेता किमको सन्देशमा भनिएको छ, रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ। यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस। 

विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय किमले उक्त सन्देश पठाएका हुन्। 

पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उनीप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको किमले बताएका छन्।

पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गरिएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ। 

प्रकाशित: ६ चैत्र २०७४ १५:५० मंगलबार