मुम्बई– अहिलेसम्मकै बढी व्यापार गर्न सफल भारतको चर्चित फिल्म ‘बाहुबली २’ चीनमा प्रदर्शन हुने भएको छ।
विश्वकै दोस्रो ठूलो फिल्म बजार चीनमा प्रभास, अनुष्का शेट्टी र राणा दग्गुबातीको मुख्य अभिनय रहेको ‘बाहुबली २’ आगामी महिना (अप्रिलमा) प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ।
चीनमा ‘बाहुबली २ः द कन्क्लूजन’ प्रदर्शनको जिम्मेवारी इस्टार्स मिडियाले लिएको छ। यो कम्पनीले फिल्मको पहिलो भाग ‘बाहुबलीः द बिगनिंग’लाई पनि चीनमा प्रदर्शन गरेको थियो। चीनमा फिल्म रिलिजका लागि सेन्सरशिपको प्रक्रिया पुरा भएको र अब प्रदर्शन मिति तय हुन बाँकी छ।
एसएस राजमौलीको निर्देशनमा बनेको फिल्म ‘बाहुबली’को दुबै भागमा प्रभासले डबल रोल निभाएका छन्। चीनमा ‘बाहुबलीः द बिगनिंग’ले १२३ मिलियन डलर कमाएको थियो। ‘बाहुबली २ः द कन्क्लूजन’ले पहिलो भागभन्दा बढी व्यापार गर्ने अनुमान गरिएको छ।
प्रकाशित: ६ चैत्र २०७४ १४:०९ मंगलबार