८ वैशाख २०८१ शनिबार
समाज

केटाको भेषमा मोटरसाइकल चोरी गर्ने युवति पक्राउ

कपिलवस्तु- प्रहरीले बाईक चोर्ने एक युवतीलाई तौहिलावमा रंगेहात पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका– ४ देवनगढीयामा चारी भएको लु ६ प ६०६३ नम्बरको रातो पल्सर मोटरसाईल सहीत स्थानीय १९ बर्षीया बिन्दावति धोबी पक्राउ परेकी हुन। गत भदौ २ गते कपिलवस्तु नगरपालिकाको तौहिलावा बजारमा रहेका शिव मन्दिर अगाडीबाट सो मोटरसाईल चोरी भएको थियो। मोटरसाईकल धनी कपिलवस्तु नगरपालिका– १२ जमुहराका राजेश पाण्डेयले प्रहरीलाई जानकारी गराएका थिए । बडा प्रहरी कार्यालय तौलिहवाका साईकल गस्ती टोलीले देवनगढीयामा रहेको बिन्दावतिको घरबाट सो मोटरसाईकल फेला पारेको थियो। केटाको पहिरन र भेषभुसामा रहेकी उनले मोटरसाईकल चोरेको स्विकार गरेको प्रहरी उपरीक्षक बिष्णु केसीले बताए। आफुलाई केटा बताए पछि प्रहरीले उनलाई परीक्षणकालागि तौलिहवा अस्पताल लगेको थियो । परीक्षण पछि उनी केटी भएको ठहरिएको छ। पक्राउ परेकी युवतीमाथी चोरीको मुद्दा लगाई कारबाही प्रकृया अघि बढाईएको प्रहरी उपरीक्षक केसीले बताए।

प्रकाशित: ५ भाद्र २०७३ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App