coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीनसय घर डुवानमा,कोसी राजमार्ग एकतर्फी

विराटनगर–    लगातार परिरहेको बर्षाले पूर्वका चार जिल्ला मोरङ, सुनसरी, झापा र धनकुटामा आएको बाढी र पहिरोले जनजिवन प्रभावित बनेको छ। बाढीले मोरङ, सुनसरी र झापामा ३ सय भन्दा बढी घर डुवानमा परेको छ । धनकुटाको महाभारतमा ठाउँ–ठाउँमा गएको पहिरोले कोसी राजमार्ग अवरूद्ध भएको छ।

 पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार बक्राहा, नुनसरी, भोक्राहा नदीमा आएको बाढी बस्तीमा पस्दा मोरङको मधुमल्ला, हसनदह, सुनसरीको पकली र झापाको भद्रपुरका मानव बस्ती डुबानमा परेको छ। बक्राहा र नुनसरी नदीमा आएको दाबढीले मोरङको मधुमल्ला–५ को १ सय ५० घर डुवानमा परेको छ। त्यहाँको २५ घरका मानिस बिस्तापित भएका छन्। उनीहरुलाई सुरक्षित ठाउँमा सारिँदैछ।

बक्राहा नदीको बाढीले खोलाको बाँध टुटाइदिँदा मोरङ हसनदह–५ का २० घरमा पानी पसेको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरमा डिएसपी कृष्ण पगेंनीका अनुसार बाढी गएको क्षेत्रमा प्रहरी परिचालन गरी उद्दार गर्ने काम भइरहेको छ । भोक्राहा खोलामा आएको बाढीले इटहरी–२० को पकलीका ७ घर डुवानमा परेको छ । त्यहाँ प्रहरी, नेपाली सेना र स्थानीयले डुवानमा परेकालाई उद्दार गरेको छ ।

झापाको मेची नदीमा आएको बाढीले भद्रपुर वडा नम्बर– ५ र ७ का एकसय घर डुवानमा परेको छ । धनकुटाको महाभारत–४ मा दुईसय मिटर पहिरो गएपछि विराटनगर–धनकुटाको कोसी राजमार्ग अवरुद्ध भएको छ । बाटोको पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पगेंनीका अनुसार कोसी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।
 मोरङको बक्राहा र नुनसरी खोलामा आएको बाढी मानव बस्तीमा पसेपछि सिडिओ तोयम रायमाझी, एसपी सन्दीप भण्डारी, जिल्ला विकास समितिका प्राविधिक र जल उत्पन्न कार्यालयका अधिकारीहरु मंगलवार अपरान्ह घटनास्थल तर्फ गएका छन् । पानी पर्ने क्रम रोकिएको छैन् ।

 

प्रकाशित: ७ असार २०७३ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App