७ वैशाख २०८१ शुक्रबार
समाज

४६ करोड बिगो दाबी गरेको मुद्दा अख्तियारले हार्‍यो

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ।

विशेषले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई सफाई दिएको हो।

अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले दायर गरेको आरोपपत्रमा दावी अनुसार तत्कालीन कोषका दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई विशेष अदालतले सफाई दिने फैसला सुनाएको हो।

विशेषले अख्तियारको आरोप पुष्टि हुन नसकेकोमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवहरू निर्मल कुइँकेल, सुशील नाहटा, काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथा प्रेमराज जोशी, कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई सफाई दिने निर्णय सुनाएको हो।

अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य आयुक्त लोकमानसिंह कार्कीले कार्य क्षेत्र नाघेर सन्देहपूर्ण काम गरेको भन्दै जनआस्था खस्किरहेको सन्दर्भमा एउटा महत्वपूर्ण मुद्दामा अख्तियार पराजित भएको हो।

प्रकाशित: ५ भाद्र २०७३ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App