७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा पाइलटको मृत्यु

अल्मोसा (कोलोराडो)—  खेतीमा अाैषधि छर्किने एउटा जहाज अमेरिकाको कोलोराडोमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको पुष्टि गरेको हो। सो विमान खेतमा विषादी छर्ने क्रममा दुर्घटनामा परेको थियो।

आकासबाट खेतमा विषादी झर्दै गरेको जहाज अनियन्त्रित भएपछि आगो सल्किएको थियो। दनदनी आगो बलिरहेको अवस्थामा अग्नि नियन्त्रक टोली घटनास्थल पुगेको थियो। उनीहरु पुग्दा चालकको मृत्यु भइसकेको थियो।

मृतक चालक लामो समयदेखि रियो ग्रान्डी कन्ट्री सेरिफ अफिसका कर्मचारी थिए। केही अघि मात्र उनी अलमोसा कन्ट्री सेरिफ अफिसमा काम थालेका थिए।

राष्ट्रिय यातायात सेफ्टी बोर्डले दुर्घटनाका कारण छिटै सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७३ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App