coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

११ जना बढी यात्रु बोके कारबाही हुने

कृष्ण ओली

बाजुरा- जिल्लामा सञ्चालित जिपहरुले ११ जना भन्दा बढी सवारी बोक्न नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले जिप व्यवसायीहरुलाई बोलाएर ११ जना माथि सवारी बोके कारवाही गर्ने चेतावनी दिएको हो। व्यवसायीहरुले हाल एकै जिपमा १४ देखि २० बढी यात्रुहरु बोक्दै आएका छन्।

५ जना सवारी मात्र बोक्न अनुमति भएका डबल क्याप जिपलाई यात्रुहरुको चाप र बाटोको अवस्था हेरेर ११ जनासम्म बोक्न मौखिम अनुमति दिएको छ। नियम विपरित भएपनि ५ जना मात्र लिएर सवारी साधान सञ्चालन गर्दा व्ययवसायीलाई मार पर्ने भएकोले दुबै पक्षलाई मर्का नपर्ने गरी व्यवहारीक सहमति गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए।

मनोमानी सवारी बोक्दै आएका व्यवसायीले उक्त निर्देशन सोमबारदेखि लागु गर्ने भएका छन्। निर्देशनको पालन नगरे कानुनी प्रक्रिया अघि बढाईने भएको छ । जिल्लामा डबल क्याप भएका ३० बढी जिपहरु सञ्चालनमा छन्।

बाजुरा यातायात व्यवसायी समितिद्धारा ती जिपहरु सञ्चालनमा छन्। दुर्घटनाको जोखिम बढेपछि सरकारले नियम अनुसार मात्र सवारी साधान सञ्चालन गर्ने भनेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न व्यवसायीले नसकिने बताएका छन् । डबल क्याप वाला जिपको अनुमति ५ जनाको मात्र छ, त्यो संख्या बोकेर मात्र जिप सञ्चालन गरे, चालकलाई समेत खर्च जुटाउन सकिँदैन्, समिति अध्यक्ष झरेन्द्र सिंहले बताए।

दुबै पक्षलाई मिल्दो सहमति गरे, आफुहरु मान्न तयार रहेको बताए। प्रशासनले चालक सहीत ११ जना बोक्न भनेको छ। जसमा पहिलो सिटमा १ जना, बीचमा तीन जना र पछाडि ६ जना बस्न अनुमति दिएको छ। त्यो भन्दा बढी यात्रूहरु बोकेको देखिएमा प्रशासन कारवाही गर्न बाध्य हुने, सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए । सरकारले सवारी साधान सञ्चालन नियमावली कार्यान्वयनमा कडाई गरेपछि जिल्लामा पनि त्यसको प्रभाव परेको छ।

प्रकाशित: ५ भाद्र २०७३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App