coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बैंकमा जम्मा गर्न नपाउँदै ६ लाख रुपैयाँ गायव !

नेपालगन्ज– नेपालगन्जको अत्यन्तै व्यस्त रहने धम्बोझी नजिकैबाट एक व्यक्तिको ६ लाख रुपैयाँ गायव भएको छ। नेपालगन्ज–१ धम्बोझी निवासी निर्णयजंग मल्लको आइतबार मध्यान्ह साढे १२ बजेतिर बाटोबाटै गायव भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमकिरण बोगटीले दिएको जानकारीअनुसार मल्लले स्थानीय सिटिजन्स बैंक र लक्ष्मी बैंकबाट ३/३ लाख रुपैयाँ झिकेर करिब ३ सय मिटरको दूरीमा रहेको मेघा बैंकमा जम्मा गर्न जाँदै थिए।

बीच बाटोमा पुग्दा आफ्नो कपडामा फोहोर पदार्थ देखेपछि नजिकैको धारामा गएर सफा गर्न लाग्दा अज्ञात व्यक्तिले रुपैयाँ राखेको झोला गायव गरेको हो। ‘झोलामा पैसा राखेको देखेपछि लुटेरा समूहले नै मल्लको कपडामा फोहोर लगाइदिएको हुन सक्छ,’ डिएसपी बोगटीले भने, ‘धारामा कपडा धोएर पछाडि हेर्दा त झोला नै गायव भइसकेको रहेछ।’

कपडामा फोहर लागेको देखेपछि रकम राखेको झोला नजिकै राखेर फोहोर पखाल्ने क्रममा आफ्नो रकम गायव भएको पीडित मल्लले बताएका छन्। घटना लगत्तै प्रहरीले विभिन्न ठाउँमा लुटेरा समूहको खोजी गरे पनि कतै पत्ता नलागेको डिएसपी बोगटीले बताए। उनले भने, ‘घटनाको प्रकृति हेर्दा योजनावद्ध तरिकाले पैसा लुटिएको देखिन्छ, लुटेरा फरार नहोस् भनेर ठाउँ–ठाउँमा चेकजाँच गरेका छौं।’

 

प्रकाशित: ५ भाद्र २०७३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App