७ वैशाख २०८१ शुक्रबार
खेल

थ्रीस्टारको विजयी सुरुवात, मंगाेलियन क्बलविरूद्ध २–० काे जित

काठमाडौँ— रुस्लान थ्रीस्टार क्लबले एएफसी कपको प्ले अफ क्वालिफायरमा विजयी सुरुवात गरेको छ।
आइतबार मंगोलियाको उलानबटारमा सम्पन्न पहिलो खेलमा थ्रीस्टारले आयोजक इर्चिम क्लबलाई २—० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा कप्तान बिक्रम लामा र मार्टिनले समान एक एक गोल गरेका थिए।

थ्रीस्टारले नाइजेरियन स्ट्राइकर मार्टिनको गोलबाट खेलको १४ औं मिनेटमा गोल गर्दै टोलीलाई १—० को अग्रता दिलाएका थिए। उनले इर्चिमका रक्षा पंक्तिका खेलाडी र गोलरक्षकको तालमेल नमिल्दा गोल गरेका थिए।

खेलको दोस्रो हाफको ७८ औं मिनेटमा गोल गर्दै कप्तान  लामाले थ्रीस्टारको अग्रता दोब्बर पारेका थिए। उनले सुनिल बलको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए।

थ्रीस्टारले आफ्नो दास्रो खेलमा कम्बोडियाको नागावोल्र्डसँग अगस्ट २३ मा प्रतिस्पर्धा गर्दैछ।

 

प्रकाशित: ५ भाद्र २०७३ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App