coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाल बकैया नदीमा डुबेर बालकको मत्यु

रौतहट– लाल बकैया नदीमा डुबेर आइतबार एक बालकको ज्यान गएको छ। गौर नगरपालिका वडा नम्बर–१० सपगढा टोलका शेख शमिउल्लाहका १० वर्र्षीय छोरा शेख इस्ताक आलमको मृत्यु भएको हो।

बकैया नदीमा आइतबार बिहान साथीहरुसँग नुहाउने क्रममा नदीको गहिरो भागमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गर्मी छल्न गाउँका अन्य साथीहरुसँगै नुहाउने क्रममा गहिरो पानीमा इस्ताक डुबेका थिए।

उनी डुबेपछि सँगै नुहाइरहेका साथीलाई उनलाई बचाउन गुहार माग्दै चिच्याउन थालेपछि नदी छेउकै खेतमा काम गरिरहेका मृतक बालकको काका अतिउल्लाले बालकको उद्दार गरेका थिए। उद्दार गरिएका बालकलाई जिल्ला अस्पताल गौरमा उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले बताए ।

 

प्रकाशित: ५ भाद्र २०७३ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App