coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोनाको सुखद् सुरुवात

बार्सिलोना— स्पेनिस ला लिगामा बार्सिलोनाले सुखद सुरुवात गरेको छ। शनिबार रातीबाट सुरु स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा रियल बेटिसलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।

बार्सिलोनाले बेटिसलाई ६—२ गोल अन्तरले पराजित गरेको हो। उसको जितमा लुइस स्वारेजले ह्याट्रिक तथा स्टार लियोनेल मेसीले २ तथा आन्ड्रे तुआनले १ गोल गरेका थिए। रियल बेटिसका रुवेन कास्ट्रोले दुई गोल गरे पनि त्यो पदकका लागि पर्याप्त भएन।

त्यस्तै हिजै सम्पन्न अन्य खेलमा सेभिल्लाले इस्प्यानियोललाई ६—४ गोल गन्तरले पराजित गर्दा ग्रान्डा र भिल्लारियालले १—१ गोलको बराबरी खेलेका थिए।

 

प्रकाशित: ५ भाद्र २०७३ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App