coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितुवा आक्रमणबाट २ कक्षा पढ्ने बालिकाको मृत्यु

बैतडी—बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ।

ज्यान जानेमा उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्द रहेको स्थानीयवासी वीरेन्द्र महताले बताए। बालिकालाई शनिबार साँझ आँगनमा खेलिरहेका बेला एक्कासि आएको नरभंसी चितुवाले आक्रमण गरेको उनले बताए।

आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा करिब राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको उनले जानकारी दिए। बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्।

प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ।

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट अहिलेसम्म २० जनाभन्दा बढीको ज्यान गइसकेको छ। रासस

प्रकाशित: ५ भाद्र २०७३ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App