मेरो कलम बलियो या तिम्रो लठ्ठी ?

आइतबार, ०५ भदौ २०७३, १० : ५७ किशोर चौधरी

म एक जना कलमजीबी। कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे। न कसैको गुलाम बनेर बसेको छु, न बस्ने नै छु। सबैको आ-आफ्नो पेसा छ, मान मर्यादा पनि छ। जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ। मेरो पेसा पनि पत्रकारिता हो। मेरो पनि आफ्नै इज्जत र मान मर्यादा छ। मैले पनि नुन खाएको छु र नुनको सोझो गरेकै छु।

पत्रकारिता मेरो पेसामात्रै होइन, मेरो धर्म पनि हो। गाउँमा जन्मिएको एक साधारण किसानको छोरा म। पत्रकारिता क्षेत्रमा यहाँसम्म आउँछु भनेर सोच्नु त के एसएलसीसम्म पत्रकारिताको 'प' थाहा नभएको मान्छे। तर आज राजधानीको 'मेन स्ट्रिम' मिडियामा काम गरेको एक दशक बितेको छ। भलै ममा पत्रकारिताको पूरापुर गुण न होला तर अहिले प हाइन पत्रकारिताकै अर्थ बुझ्न थालेको छु।

मेरो पत्रकारिताको दौरानमा थुप्रै त्यस्ता काम गरे जसले सकरात्मक दिशा दिएको छ। गर्व गर्छु, मेरो कामबाट कसैको आँखा खुलेको छ, कसैलाई सहयोग मिलेको छ, कसैलाई सकरात्मक बाटो देखाएको छ। यो दौरानमा थुप्रै चुनौतीहरु खेपे, थुप्रै आरोह अवरोह खेपे तर सधैँ अगाडि बढ्ने जमर्को गरे, गर्दै आएको पनि छु। चाहे खाने पानीको समाचार संकलन गर्न जाँदा १ घण्टा उद्योगमै थुनेर राखेको घट्ना होस्, चाहे विद्यालयमा विकृति विसंगतिविरुद्ध आवाज उठाउँदा विद्यालयमै थुनेको घट्ना या भूकम्प जाँदाजाँदै सिन्धुपाल्चोक, गोरखा, दोलखा जिल्लामा गरेको रिपोर्टिङको घटना अझै ताजै छ। आफ्नो पेसालाई कहिल्यै कमाई खाने भाँडो ठानिन्। बरु सधैँ विकृति विसंगतिविरुद्धमा लगाए, जनतालाई सूसुचित गर्ने जमर्को गरेँ। आफूलाई प्रण गरेको छु- विकृति विसंगतिको अगाडि कहिल्यै नझुक्ने, कहिल्यै नलुक्ने।

प्रसंग जोडौ नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको। नेविसंघको चुनाव धुमधामका साथ अगाडि बढ्दै जाँदा विवादको चरम बिन्दुतिर धकेलिँदै थियो। दिनप्रति दिन लम्बिदै गएको चुनाव र उत्कर्षमा पुगेको विवाद, दिनप्रति दिन धर्ना जुलुसले नेविसंघको साख गिर्दै थियो। साउन ३० गतेको दिन, ३ बजेदेखि मनोनयन दर्ता गर्ने भनिएपछि समाचार संकलनका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेको थिएँ। सानेपा पुग्दा दिनको सावा तीन बजिसकेको थियो। विद्यार्थीको बाक्लो उपस्थिति अनि प्रहरी प्रशासनको पनि उतिकै संख्यामा उपस्थिति। अनाहकमा विद्यार्थीहरुलाई पार्टी कार्यालय जानबाट रोक लागाएपछि उनीहरु प्रहरी प्रशासनमाथि नाराबाजी गरिरहेका थिए। विद्यार्थीहरु पार्टी कार्यालय छिर्न खोज्दा प्रहरी प्रशासनले पहिलोपटक बल प्रयोग गरे। विद्यार्थीहरुले पनि ढुंगामुढा गर्न थाले। प्रहरीले पनि लाठी चार्ज गरे, सबै भगाभाग भए। यस्तो अवस्थामा एउटा सञ्चारकर्मीलाई जसरी दृश्य कैद गर्न भ्याई-नभ्याई भएजस्तै मलाई पनि त्यस्तै भएको थियो त्यो बेला। हुन त टेलिभिजन क्षेत्रमा One man journalism गर्ने पत्रकार कमै छन् नेपालमा तर त्यो कम संख्यामा म पनि अटेको छु। अर्थात् म पनि एभिन्यूज टेलिभिजनमा वन म्यान जोर्नालिज्म गर्दै आएको छु।

पत्रकार किशोर चौधरीमाथि प्रहरीले लठ्ठी प्रहार गर्दै। तस्बिर सौजन्य: इलिट जोशी/पहिलोपोस्ट

 यो प्रसंग यो मानेमा जोडे कि रिपोर्टिङ र क्यामरा एक्लै सम्हाल्दा कतिको असहज हुन्छ भनेर। हो मैले निकै असहजताको बावजुद पनि ह्यान्डिल गरेको थिएँ। यस्तै असहजतामा विद्यार्थी र प्रहरीबीच हुने दोहोरो झडपका कारण सानेपा क्षेत्र नै अस्तव्यस्त थियो। बेला बेला प्रहरी प्रशासनले अनाहकमा बल प्रयोग गर्दा विद्यार्थी पनि आफ्नै पार्टीले नेतृत्व गरेको गृह मन्त्रालयविरुद्ध नाराबाजीसमेत गरेका थिए। प्रहरीले विद्यार्थीलाई तितरबितर गर्नका लागि अनाहकमा विद्यार्थीहरुलाई बीच सडकमा लखेटिरहे। विद्यार्थीहरु पनि के कम बेलाबेला प्रहरीलाई तताइराखेका थिए। हो, हामी पत्रकारले देखेको घट्ना बेलाबेला प्रहरी प्रशासनले अनाहकमा बल प्रयोग गरेकै थियो। यी सबै घटनाको साक्षी हामी पत्रकार थियौं। यसरी नै दिनभरिजसो दोहोरो झडप चलिनै रह्यो। चार बजे कार्यालयबाट फोन लाइभ पनि गरे। प्रदर्शनकारीको कतै ढुङ्गा त लाग्ने होइन भनेर म सजकतापूर्वक प्रहरीको छेउबाट दृश्य कैद गर्दै थिए। त्यसलगतै एक हुल प्रहरी पत्रकारतिर जाइलागे । म अलिक टाढै भएकाले आफ्नो क्यामेरा त्यसतर्फ तेर्साए। केही सेकेन्डमात्रै के खिचेको थिए एक जना प्रहरीले पछाडीबाट आएर बाँसको लठ्ठीले मेरो क्यामेरामा बजार्यो। त्यो लठ्ठी मेरो क्यामेरामा के लागेको थियो पछाडिबाटै एक हुल प्रहरी आएर चारैतिरबाट घेरिहाले। सबैले लाती, मुक्का, लठ्ठीले भकुर्न थाले। झन्डै एक मिनेटको संघर्षपछि प्रहरीको त्यो घेरा तोडेर भाग्न सफल भए। झन्डै सय मिटर टाढासम्म लखेटेर भेट्न नसके पछि उनीहरु फर्केका थिए। उनीहरु फर्किएपछि केही सञ्चार माध्यमका साथीहरु आएर विद्यार्थीहरुले ती प्रहरीहरुको क्रूरताप्रति आक्रोश पोख्दै थिए। आफ्नो भने जिउभिरि निलडाम टाउकोमा लठ्ठीले बजारिएको डाम र टुटुल्को उठेको प्रष्ट थियो। असह्य पीडा त छँदै थियो क्यामेरा पनि फुटेर कामै नलाग्ने भएको थियो। यी सबै कुरा कार्यालयमा जानकारी गराएपछि लगतै अर्को टोली पठायो। टाउको र जीउमा गम्भिर चोट लागेकाले बेलाबेला चक्कर लाग्न थालेपछि कार्यालयबाट आएको टोलीले छेउमै रहेको स्टार हस्पिटलमा भर्ना गराए। घाइते भएका दर्जनौ विद्यार्थीहरुलाई पनि त्यही हस्पिटलमा भर्ना गराएकाले घाइतेहरुको चाप निकै ठूलो थियो। हस्पिटलकै स्टाफले अर्को हस्पिटल लैजानु भनेपछि मलाई त्रिपुरेश्वरस्थित काठमाडौं हस्पिटलमा भर्ना गरायो। बाहिरी चोट ठूलो देखिए पनि भित्रि चोट त्यस्तो नदेखिएको चिकित्सकहरुले जानकारी दिएपछि म ढुक्क भएँ। त्यही पनि टाउकोको चोट असमान्यजस्तो लागेपछि सिटीस्क्यान गराए। त्यो पनि अहिले समान्य रहेको चिकित्सकले जानकारी दिएको छ। यो घटनासँगै एभिन्युज टेलिभिजन, एभिन्युज टेलिभिजन पत्रकार महासंघ महासंघ प्रतिष्ठान शाखाले विरोध जनाए। लगतै पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, नेपाल मिडिया हाउस, थारु पत्रकार संघ नेपाल र फोटो पत्रकार समूहले विज्ञप्ती नै निकालेर विरोध जनाए।

हो म एक जना पेसाले पत्रकार। न मैले अपराध गरेको थिएँ, न मलाई राज्यले अपराधीको विल्ला नै भिडाएको छ। आखिर मलाई केमा दोषी देख्यो म आफैँ अनभिज्ञ छु। देश र जनताको सुरक्षाका लागि आफूलाई ठेकेदार सम्झिने प्रहरी प्रशासन ममाथि जाइ लागेको देख्दा अचम्मित छु। राज्यको चौथो अंग भनेर ट्याग लगाइदिने राज्यले बेला बेला सञ्चारकर्मीमाथि नै आफ्नो पुरुषार्थ देखाउँदा खल्लो महसुस भएको छ। यदि त्यही प्रहरी प्रशासनले देशमा बढेको गुण्डागर्दी, विकृति विसंगति, तस्करी, सीमा सुरक्षामा ध्यान दिए देशको मुहार फेरिने थियो कि?

मेरो शरीरमाथि देखाएको तिम्रो पुरुषार्थले सिंगो प्रहरी प्रशासनमाथि खिल्ली उडेको छ आज। २१औं शताव्दीमा कलमलाई दबाउन खोज्ने तिम्रो बदनियत र दुश्साहसबाहेक अरु केही होइन। तिम्रो त्यो लठ्ठीले मेरो कलमको गतिलाई न रोक्न सक्छ न छेक्न नै। तिमी विचार गर मेरो कलमलाई दबाउन खोज्दा तिम्रोविरुद्ध कति आवाजहरु उठे। लठ्ठीको घमण्ड नगरे हुन्छ, तिम्रो लठ्ठी भन्दा कम छैन कलमको तागत। तिम्रो लठ्ठी ठीक ठाउँमा प्रयोग गर- तिम्रो मात्रै होइन, सबैको भलो हुन्छ। सबैले इज्जत गर्नेछ।

लेखक एभिन्युज टेलिभिजनमा कार्यरत छन्।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad