८ वैशाख २०८१ शनिबार
खेल

रियो ओलम्पिकमा निशाको हार

काठमाडौं- नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग पराजित भएसँगै नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ। यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए। ओलम्पिकका दौरान १ सय ५ सय मिटर दौडमा सरस्वती र पौडीको १ सय मिटर फ्रि स्टाइलमा शिरिषले राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थिए।

शनिबार ६७ केजीमाथिको तौल समूहमा निशा विश्व नम्बर एक चीनिया झेङसँग २–० ले पराजित भएकी हुन। उनले प्रतिस्पर्धा गरेको तौल समुहमा अन्य सबै खेलाडी छनोट चरण पार गरेर रियो पुग्न सफल भएका थिए। निशाले भने वाइल्ड कार्ड मार्फत रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन।

२–० को हारलाई निशाले सन्तोष जनक नतिजा भएको बताइन्। निशाले भनिन, 'आफुले सोचेजस्तैै खेले। नतिजाबाट खुसी छु। यसअघि चीनिया खेलाडीसँग खेल्दा नकआउटमा हारेको थिए। तर आज मैले केहि राम्रो गर्ने प्रयास गरे।'

निशाले आफु रक्षात्मक रणनितीमा खेलेको स्वीकारिन्। उनले भनिन, 'मैले धेरै अटयाक गरिन। डिफेन्सिफ खेल्ने रणनिती थियो। आफनो प्रदर्शनबाट म सन्तुष्ट छु।'

रियो जानु अघि निशाले ओलम्पिकमा कम्तिमा एक बाउट जित्ने लक्ष्य राखेकी थिइन। तर निशाले ओलम्पिकमा लक्ष्य पुरा गर्न सकिनन। ओलम्पिक खेलकुदमा नेपाली तेक्वान्दो खेलाडीले अहिले सम्म एक बाउट जित्न सकेको छैनन्।

ओलम्पिक खेलकुदमा तेक्वान्दोका विधान लामाले सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलको रुपमा समावेश गर्दा कास्य पदक जितेको थिए। यसैगरी ओलम्पिकमा तेक्वान्दोको इतिहासलाई होर्ने हो भने नेपाली तेक्वान्दो स्टार संगीना वैद्यले छनोट चरण पारेर सन् २००४ को ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। संगीना छनोट खेलेर ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन। त्यसपछि तेक्वान्दोकै दिपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेको थिए। अहिले निशाकी प्रशिक्षक रहेकी संगिताले रणनीति अनुसारनै निशाले खेलेको बताइन्। 'स्कोर लिन सकिन्थ्यो कि जस्तो लागेको थियो, त्यसमा केही चुक्यौं,' उनले भनिन्,'तर समग्र प्रदर्शनबाट म खुसी छु। चीनकी खेलाडी माथिल्लो वरियताकी हुन्। निशाको वरियता २ सय ८९ औं हो। विपक्षी निकै राम्रो खेलाडी भएकाले हाम्रा लागि चुनौतिपूर्ण थियो।'

ओलम्पिक खेल्नु अघि माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियसिप र हङकङमा एसियन सिटी तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक निशाले प्राप्त गरेको उपलब्धी हुन। त्यस्तै उनले दक्षिण कोरियामा भएको जेन्जो ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पनि जितेकी थिइन।

प्रकाशित: ५ भाद्र २०७३ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App