८ वैशाख २०८१ शनिबार
समाज

पाटनमा उज्यालो जात्रा

पाटन‐ हातमा पानस, पाउमा पाउजु। एकातिर हाकुपटासी लगाएका महिलाको लस्कर, अर्कोतिर ढाकाटोपीमा सजिएका पुरुषले बजाएको बाँसुरी धुन। हरेक वर्ष जस्तै यस वर्ष पनि ललितपुरको पाटनमा दीप यात्रा अर्थात  मतया पर्व मनाइएको छ।

मृतक आत्माको शान्तिको कामना गर्दै  जनै पूर्णिमाको  तेस्रो दिनबाट  मतया यात्रा शुरु हुने  गर्छ।  ललितपुरमा चार दिशामा अवस्थित स्तम्भ भित्र रहेका मठ मन्दिर र चैत्यमा  पूजाआजाका साथ पैसा अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।   

पछिल्लो समय यस यात्रामा युवायुवतीको बाक्लो उपस्थिती बढेको छ। कोही परम्परागत पोशाकमा सजिएका छन् भने कोही आधुनिक फेसनमै सजिएर भएपनि जात्राको रौनक बढाएका छन्। 'साथीभाइसँग मिलेर  जात्रामा निस्कनुको रमाइलो नै  बेग्लै हुन्छ' च्यासलका  अजय महर्जनले भने,  'जात्राको रमाइलोले दिनभरको थकान मेटिदिएको छ।'

एक बिहानै हातमा मैनबत्ती बोकेर चकबहिलबाट अन्य भक्तालुसँगै निस्केका उनले   टंगल, लगनखेल, हख बहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक नागबहाल, भएर साँझ पुन चक्रबहिलमा पुगेर यात्रा टुंग्याउने बताए।

उनीजस्तै हातमा बत्ति लिएर 'मतया'‐दिपजात्रा) मा  निस्केका सर्वसाधरणको भिडले यहाँका भित्रि गल्लीमा जात्राको उज्यालो छरेको छ।    सांस्कृतिक भेषभुषा र बाजागाजाका साथ दिनभरजसो निस्केका झाँकीले सहरलाई जात्रामय बनायो।   दिवंगत आत्माको शान्तिको लागि नगरमा रहेका  विभिन्न बहाल तथा विहारहरु परिक्रममा  गर्दा  सर्वसाधमरणका आँगनहरु समेत उत्सवमय बनेका थिए।    

विहानैदेखि हिँडेका  यात्रुको लागी सर्वसाधरणले  विभिन्न पेय पदार्थ तथा सर्वत पिलाएर स्वागत गरे। पाटनमा बाहेक बुगमती, खोकना, थैव लगायतका पुरान नेवार बस्तीमा पनि मतया जात्रा मनाइने गरिन्छ।

प्रकाशित: ५ भाद्र २०७३ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App