coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज कांग्रेस जिल्ला सभापति भेला

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय निकाय पुनःसंरचनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन जिल्ला सभापति भेला बोलाएको छ। नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय निकाय पुनःसंरचना आयोगले गाविस संख्या घटाएपछि कांग्रेसले आइतबार र सोमबार (भदौ ५ र ६ गते) जिल्ला सभापतिको धारणा बुझ्न लागेको हो। पार्टी सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी  प्यालेसमा भेला उद्घाटन गर्ने छन्। कांग्रेसले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई भेलामा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ। यसअघि आइतबार (भदौ ५) गते मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो।

'गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका अतिरिक्त वर्तमान राजनीतिका विविध सन्दर्भमा भदौ ५ र ६ गते ७५ वटै जिल्लाका सभापतिको बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ,' कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पुनःसंरचना आयोगले हाल रहेका गाविस र नगरपालिको संख्या कटौती गर्दै जम्मा ५ सय ६५ मात्र बनाउने सिफारिस गरेको छ। एकैपटक ठूलो मात्रामा गाविस संख्या घटाउन नहुने भन्दै मुलुकको भौगोलिक अवस्थालाई ख्याल गर्नुपर्ने जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७३ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App