७ वैशाख २०८१ शुक्रबार
समाज

ब्रेकफेल भएको ट्रकले किच्दा २ मजदुरको ज्यान गयो

धनकुटा – ब्रेक फेल भएको ट्रकले किच्दा मंगलबार धनकुटामा २ जना सडक मजदुरको मृत्यु भएको छ।

धरानबाट स्काभेटर बोकेर धनकुटा तर्फ आउँदै गरेको ना ५ ख १९३६ नम्बरकोे ट्रक साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ स्थित कोसी राजमार्गको घण्टेमा ब्रेकफेल भइ सडक सफागर्दै गरेका मजदुरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनीहरुको घट्नास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए।

मृत्यु हुनेका साँगुरीगढी गाउँपालिका ७ का रामजीत राई र  वीरबहादुर राई रहेका छन्। त्यस्तै दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेमा ट्रक चालक रामेछाप मन्थली ७ का ४५ वर्षिय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षिया सनम तामाङ, स्काभेटर लिएर आएका बाग्मती नगरपालिकाका राजेश घिमिरे र धादिङका रमेश भण्डारी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख खड्काले बताए।

दुर्घटनामा परेर घाइते भएकाहरुलाई  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App