१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीन भ्रमण फलदायी र सफल: उपप्रधानमन्त्री महरा

त्रिभुवन विमानस्थलमा उपप्रधान तथा अर्थमन्त्री महरा। तस्बिर: विजय गजमेर

काठमाडौँ-  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण अन्यन्तै फलदायी र सफल भएको बताएका छन्। आफ्नो पाँचदिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली ख छ्याङ नेपाल भ्रमण गर्न उत्सुक रहेको बताए।

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालयलाई स्ट्यान्डबाई अवस्थामा राख्ने सहमति भएको बताए। 'भ्रमणको मिति भने लिडरशीपले तय गर्ने छ'  महराले भने ।

भ्रमणको क्रममा उप प्रधानमन्त्री महराले चिनिया विदेशमन्त्री  र प्रधानमन्त्री लीसँग भेट गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएपछि दुवै छिमेकी देशमा उप प्रधानमन्त्रीलाई विशेष दूत बनाएर पठाएको थियो। अर्का उप प्रधानमन्त्री बिमलेन्द्र निधि नयाँ दिल्लीमा रहेका छन् ।

 

 

 

प्रकाशित: ४ भाद्र २०७३ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App