coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेडद्वारा साउथह्याम्टन पराजित

म्यानचेस्टर–जाल्टन इब्राहिमोबिच घरेलु मैदान ओल्ड ट्राफोडमा चम्किएपछि म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई पराजित गरेको छ ।

इङलिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

उसको जितमा इब्राहिमोबिचले खेलको ३६ औ मिनेटमा कप्तान वाइने रोनीको क्रसमा हेडर मार्फत पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ५२ औ मिनेटका साउथह्याम्टनका  जोर्डी क्लासीले युनाइटेडका ल्युक शाहलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त गरेको पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० को सहज जित दिलाएका थिए ।

किर्तिमानी रकममा म्याचेस्टर फर्किएका पाउल पोग्वाले  ओल्ड ट्राफोडमा डेभ्यु गरेका थिए ।

प्रकाशित: ४ भाद्र २०७३ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App