कथा

पण्डित 'बा'को चिहान

शनिबार, ०४ भदौ २०७३, ०९ : ३५ लक्ष्मण वियोगी  | @biyogi2

'यादो ओ पातेँ', भन्दै सुनमया उकालो लागी।

म ठूलो चिन्नेको रुखनिर बसेर घोरिन थालेँ–

बाङ्खे गाउँ, यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेको थियो। गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुंगा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो। रंगीचंगी फूलको सग्लो माला थियो, गाउँ र त्यो भेग।

कीराले आरती नगाउँदै, मादलको पाक्कुम गुम ˜ ˜ ˜ गुम पाक्कुम गुम ˜ ˜ ˜ सुरु हुन्थ्यो।

जुठे भोर्लेबाट पोखरी डाँडा झर्थ्यो। अनि ऊ पाक्कुम गुमको संकेत दिन्थ्यो—

'खैमो ओइ ङोल्स्यो मई, अबेला तै!'

चौढु्ङको पाखोमा निस्केर पुन्टे मुरली फुक्थ्यो, तिरिरी री री ˜ ˜ ˜

पल्लो डाँडाबाट सुनमयाहरू गला माज्दै तेर्सिन्थे–

पीपलुको बरै छेवैमा बसेर,

नाच दाजु बरै कम्मरै कसेर!

तिन्टा खोल्साबाट हुर्रिएर बेँसीमा मिसिएका खहरेझैँ हामी एकै ठाउँमा मिसिन्थ्यौँ, चौढुङको पाखोमा। त्यो हामी भेटिने त्रिवेणी थियो, फर्केर छुट्टिने ठाउँ पनि। लाग्थ्यो, स्वर्गको खुसी कहीँ छ भने त्यो यहीँ छ।

रातरातभर प्रेम र विरहका गीतमा डुबिन्थ्यो। बिहान हातैले छोलाजस्तै माछापुच्छ्रे नजिकै सर्थ्यो। त्यहाँ घाम नखस्दै सबै आआफ्ना काममा जुट्थे। ती दिन डुब्दो घामसँगै डुबे। एक्कासी प्रलयको असिना–पानी बर्स्यो। गाउँको गरिमा र भावना भत्किँदै गयो। रोदीघर पुरानो भयो। चाँपको छमछम र झ्याउरेमा कम्मर भाँचेका दिन सकिए। पल्टन हिँडेको लाहुरे भन्ज्याङबाट सधैँका लागि ओझेल परेझैँ ती क्षण फेरि फर्केनन्।

सुनमया अक्सर भन्ने गर्थी– पातेँ! चुरी नास री सुख खन मो।

म लुकेर चौतारामाथि गएँ। चिलाउनेको रुखबाट चोरले झैँ चियाएँ– ओहो! वेदनिधि पण्डित बा रैछन्। उनको शरीर आधा जमिनमा गाडिएको थियो भने देब्रे हात भुइँमा पछारिएको थियो। टाउकाको टोपी चुच्चो परेको, जनैले घाँटी बेरिएको थियो। उनको नश्वर च्यानडाँडामा उभ्याइएको चिहानको मूर्तिझैँ देखिन्थ्यो।

ऊ एकसुरमा बर्बराउँथी– 'यो गामको सुख र मिल्ती कोलाई आँखी भको हो कुन्नि? मिलेर सुख–दुःख साट्न पनि अरूले अराउन पर्नी! भया वडाध्यक्षलाई ठीक पार्छ अरे। अझै हामीलाई क्रान्तिको गीत गाउँ भन्छन् मुर्दारहरू!'

मिर्दीखोलो बगिरहेछ। त्यो तल...तल हुँदै मसिनो धर्को भएर सामदी खोलामा मिसिन्छ। नफर्किने गरी। गामको विगत र यहाँको रौनक त्यसरी नै नफर्किने गरी ठेगान लाइसक्यो।

०००  ०००  ०००

पारिच्यान (चिहान) डाँडो कुहिरोको टोपी र पातलो हुस्सुको दौरामा चट्ट ठाँटिएको थियो। तल निकै तल मिर्दीखोलो उर्लिरहेथ्यो।

१५ असार। कुलो पानी लाग्ने अधिकांश यो भेगमा यतिन्जेल रोपाइँ सकिन्छ। बेँसीका केही फाँटमा असारको पुछार र साउनसम्म हलगोरु नारिन्छन्।

दिउँसो हुँदो त्यतातिर हली, बाउसे, रोपारको असारेभाका यसरी गुन्जिरहन्छ—

असारमा खानी दुधिला मकै,साउनमा खानी खीर

दुई दिने चोला, माटोमै होला केलाई पो लिनु पीर ........

सिमसिम पानी पर्न थाल्यो। ओर्लिँदो असारसँगै दिन पनि ओर्लिंदै थियो। झ्याउँकीरीको किरिरि ˜ ˜ ˜ ले यसको संकेत दिइसकेको थियो।

पात बजाएको मीठो धुन कानमा ठोक्कियो। मैले मुन्टो उचालेँ। उकालो दाम्लोझैँ बटारिँदै लेकतिर तानिएको छ। त्यसैको एक छेउमा उभिएकी सुनमया तल हेर्दै पातको धुनमा 'सालैजो' गाउँदै थिई। ऊ पाइला चाल्दै लाँकुरी डाँडाको टुप्पातिर उक्ली। सुइइइइ...य सिठ्ठी फुकी। पातलो रेसमी रुमालजस्तो के–के मधुरो आकृति हल्लियो। अनि ऊ त्यहाँबाट बिलाई।

०००  ०००  ०००

च्यानडाँडो बिस्तारै अँध्यारोमा छोपिँदै गयो। आकाशभरि काला बादलका गुच्छा घुमाउरो पर्दै फुक्दै थिए। मेरो मन पहाड भएको थियो। म पहाड उचालेर घरतिर तेर्सिएँ।

असारे साँझ सिमसिमे पानीमा रुझ्दै थियो। झ्याउँकीरी मच्चीमच्ची साँझको आरती गाउँदै थिए। ९ बज्यो। रात चुकझैँ घोप्टिएर परलौकिक भूतको आकृतिमा फेरियो। शरीरमा थकान थिएन, न आँखामा निद्रा। झरीमा मन पनि झरिलै थियो। मन, मुटु र आँखाका कोस जलमग्न थिए। लाग्थ्यो– मनका पीडा झरीसँगै बगेर मिर्दीखोलामा मिसिए हुनी। नफर्किने गरी।

दिउँसो आली लाउने, जोत्ने र रोपारसँग ठट्टा गर्दैमा समय घर्केको पत्तो हुन्थेन। जुवामा नारिएका माले–चम्रे गोरुको पुच्छर निमोठेर खोप मच्चाउँदा सबै दुःख बिर्सिन्थ्यो। दिउसोको हाँसो–ठट्टाले साँझ र रात टार्न सक्थेन। मैले दिनभरको थकाइ ओछ्यानमा सुताउन सकिनँ।

मनमा हुटहुटी थियो– चरोझैँ भुरुरु उडेर च्यानडाँडा पुगूँ।

खानपिन सकेर सबै सुतिसकेका थिए। बाहिर झरीको स्यारस्यारबाहेक केही सुनिन्थेन। खै किन मन डढेलोझैँ हुर्हुर्ती बलिरथ्यो। मैले लाइट र छाता समातेँ। कसैले चाल नपाउने गरी फुत्त घरबाहिर निस्केँ।

चकमन्न रातमा अँधेरोको साम्राज्य थियो, दुई डाँडाबाट सोहोरिएको अँधेरो नजिकै घोप्टिएझैँ। खुर्सुन्डाँडातिर भुकेको भोटे कुकुरको भ्वाङभ्याङ प्रस्ट सुनिन्थ्यो। मिर्दीखोलाको स्वा ˜ ˜ ˜ ˜ ˜ ˜, भ्यागुताको ट्वारट्वार, कीराको एकोहोरो किरिरि ˜ ˜ ˜ र पारी वनबाट घरिघरि सुनिने बाघको घ्वार–घ्वारमा रात घोलिएको थियो।

भुइँमा खनिएको अँधेरो 'टर्च' ले पन्छाउँदै म साँझ आएकै बाटो तेर्सिएँ। ठूलो चिन्नेको रुखनिर पुगेँ। एकखालको डरले मन सिउसिउ भयो। म तल, अझै तल झरेँ। खल्गरामा दिउँसो भर्खर रोपिएका धानका गाबा आलै थिए। आलो आली टेक्दै म चेउढुंगा पुगेँ।

त्यो ढुंगो यामानको छ, आकाशको छातिजत्रै। त्यै भएर लेकाली गुरुङहरू यसलाई आकाशे ढुंगो भन्थे।

ढुंगो छेवैमा घाम–पानी ओतिने सस्यानो छाप्रो थियो– खेतीपाती लाउन र स्यार्न झर्ने लेकालीको ओत। दिउँसो हुँदो केर्मन र टेउवीर छाप्रोमा पस्थे र थकाइ पट्याएर सिरानी हाल्थे। दिनको तेस्रो प्रहरतिर बाङ्खेका ज्ञाना ठूल्बा प्रायः छाप्रोमै उङीरन्थे। रोपाइँका दिन एक जुवा घाम छँदै उनी उर्दी गर्थे, 'लो केटा हो तिमारू हल फुकाउ। रोपारहारू मेलो छोट्याउ। मो ता आजोलाई काम सक्यो। एकछिन आराम गर्छ।'

म छाप्रोभित्र छिरेँ। त्यहाँ हली–बाउसे र रोपारलाई उर्दी गर्ने ज्ञाना ठूल्बा थिएनन्। न कोही उङ्दै थियो! छेवैको धुसर्ेेलीका पातमा सिमसिम पानीको स्यारयार सुनिन्थ्यो। पातमा भरिएको पानी भुइँमा झर्दा आउने तप्पतप्पको आवाजले घरीघरी झसंग बनाउँथ्यो। च्यानडाँडो अँधेरो ओढेर सुतेको थियो। डाडाँबाट तल..तल झरेर सेतो कुहिरो मिर्दीखोलामा पुलझैँ बसेको थियो। जूनकीरीका बत्ती रातलाई हाँक दिँदै थिए। रात चिप्लिरहेथ्यो।

मेरो मनमा सुनमयासँग हाँसेखेलेका क्षण, गीतका फाँकीमा मन साटेका झिल्का बल्न थाले– आज रोदी, विरो'धी' भयो। मादल बजाउने औदेँ, आँच्योँ खुकुरी र संगीन उध्याउन लागे। शीरफूल लाएर घाँटु नाँच्ने पेमा, निच्यो र मनमाया बन्दुकको संगीतमा नाच्न पुगे।

उनीहरू भन्थे– 'वडाध्यक्षजस्ता शोषक–दुष्टलाई ठीक पार्नुपर्छ।'

०००  ०००  ०००

एकाएक मिर्दीखोलाको किनारमा एउटा अमुक छायाँ सल्बलाएको देखियो। कालो रातमा त्यो 'टर्च' बालेर खोलातिर बढ्दै थियो। उसको शरीरको रूपरंग नदेखिए पनि त्यो पक्कै मानव छायाँ हो भन्नेमा ठोकुवा गर्न सकिन्थ्यो। छायाँको क्रिया चटकेको चटकजस्तो देखिन्थ्यो। टर्च बालेर माथि र तल गर्थ्यो। घरी उत्तेजित हुँदै उफ्रिन्थ्यो। अन्ततः कुर्कुच्चासम्मको पतलुङ सरक्क माथि सारेर ऊ खोलो तर्न रौसिएझैँ देखियो। म चेउढुंगाको छाप्रोमुनि बसेर रमिता हेर्दै थिएँ।

अकाशमा काला, खैरा र छिटपुट सेता बादल थिए। तिनले छिनछिनमा ह्वार्रह्वार्र पानी झारिरहन्थे। यत्तिकैमा सेतो पतलुङधारीले खोलो तरिसकेको देखियो। खोलापारि उसको 'टर्च' छिटोछिटो झिलिकमिलिक गर्‍यो।

पारि किनारमा अरू पनि केही छायाँ थपिँदै थिए। त्यहाँ बल्दै गरेका किस्ताकिस्ता लाइटका छायाँले यसको आभास दिन्थ्यो। लाइटको एकमुष्ट उज्यालो झिलिकमिलिक र तलमाथि गर्दै खुर्सुन्डाँडातिर तेर्सियो।

खेतैखेतको बीच हुँदै खुर्सुन्डाँडातिर तेर्सिएको गोरेटो कडुसघारी छेउको बरबोटे चौतारामा जोडिन्थ्यो। त्यहाँबाट कडुसघारीको वन छिचोलेर बल्ल खुर्सुन्डाँडा 'क्षेत्री' गाउँ पुगिन्थ्यो। टर्च लाइटको उज्यालो घरी निभ्दै त घरी बल्दै त्यै चौतारामा पुगेको देखियो।

कडुसघारीछेउको बरबोटे चौतारामा के हुँदैछ– त्यो थाहा पाउन मेरा आँखा दूरबीनझैँ चनाखा थिए। तर, चौतारोमा पाक्दै गरेको योजना देख्न सकिन्थेन। अनुमानमात्र लाउन सकिन्थ्यो। त्यहाँ लाइटको उज्यालो मजैले झ्याउरे नाच्दै थियो, तलमाथि र वारिपारि गर्दै। आँखाले यत्तिमात्र देखेका थिए। खोलाको किनारमा जम्मा भएर त्याँ पुगेका ती प्रेतका डफ्फा थिए कि! मेरो मनले लख काट्यो। अनि मनको पिँध हल्लाउँदै भूतको छायाँले तर्साउन थाल्यो।

०००  ०००  ०००

रात दोस्रो प्रहरतिर ढल्किँदै थियो। सिमसिमे पानीमा मिसिएको चिसो बतासले जाडो बढाउँदै थियो। ममा बरबोटे चौतारोको चर्तिकला हेर्ने उत्सुकता भने मरेको थिएन। एक्कासी त्यहाँ आगोको राँकोजस्तै उज्यालो जम्मा भयो। राँको यताउता गर्थ्यो र खेतका गरा हुँदै खोलासम्म पुग्थ्यो।

मलाई पक्का भयो– त्यो पक्कै भूतको पल्टन हो। त्यही बाटो हुँदै कोही मान्छे आए त्यल्लाई कर्‍याप्प पार्ने तिनको दाउ हुनपर्छ। त्यसैका लागि जम्मा भएका छन्!

मैले सानैमा आमाले सुनाएको भूतको कथाबाहेक आजसम्म यस्तो चर्तिकला देखेको थिइनँ। डरले शरीर बेलुनझैँ फुल्दै गयो। तर, भूतको चर्तिकला हेर्ने चौचौचाहिँ मरेको थिएन। यसैले रात निकै घर्किंदासम्म म छाप्रोभित्रै गुटुमुटु परेर बसिरहेँ। जूनकीरीको पिलपिल उज्यालो, कीराको किरिरी, बर्खेभेलको स्वाँ.. र भ्यागुताको एकोहोरो ट्वारट्वार बजिरथ्यो। माथि बाङ्खे गाउँ र खोलापारि खुर्सुन्डाँडाबाट कुकुरको भ्वाङभ्वाङ पनि रोकिएको थिएन। म यिनै आवाज सुन्दै छाप्रोमा गुट्मुटिएको थिएँ।

बरबोटे चौतारोमा बलेको आगोको राँको झ्याप्प निभ्यो। त्यहाँ शून्यता छाएजस्तै देखियो। सोचेँ, आजको तिनको बास त्यहीँ रैछ। चौतारोमा अचानक उज्यालो बल्यो। थुप्रै आकृति मिसिएर चर्को स्वरमा कल्याङमल्याङ गरेझैँ लाग्यो। आवाज खोलामा मिसिएर माथिसम्म आउँदा निःशब्द भइसक्थ्यो।

म डरले पानी–पानी भएँ। ती डाँका हुन् वा प्रेत भन्ने शंका थियो। खोलाको सुसाइमा पुनः मौनता थपियो। पानीका सेता तरंग, कताकति पानीमा लडिबुडी खेल्दै माजिँदै आएका सेता ढुंगाको चमक देखिन्थ्यो। अब भने मलाई बरबोटे चौतारामा उज्यालोको मुस्लो बाल्ने आकृति प्रेत नै हो भन्ने पक्का भयो।

अपसोच! एक्कासी त्यहाँ कटु आवाजमा डयाङ् डयाङ् डयाङ् बन्दुक पड्क्यो। मेरो सातो उड्यो। शरीर थरर्र काम्यो। अनुहार पसिनाले निथु्रक्क भिज्यो। मैले भेउ पाइनँ– ती आकृति मानव हुन् वा अमानव!

म छाप्रोबाट बाहिर आउन सकिनँ। ममा घरतिर सुइँकुच्चा ठोक्ने सुद्धि पलाएन। सोचेँ– 'बन्दुकको आवाज नजिक हुँदै मसम्म पुग्नेछ। ड्याङ्ङ पड्किनेछ। लौ मेरा पनि दिन यत्तिमै सकिने रैछन्।'

०००  ०००  ०००

पारि च्यानडाँडो बिहान कोरल्न ओथारो बसिसकेको थियो। म बिहान कुर्दै छाप्रोमा कुक्रुकिएँ। झरी रोकिएको थियो। बिस्तारै च्यानडाँडाबाट उज्यालोका किरण फैलिन थाले। ती किरण अझ बाक्लाबाक्ला हुँदै गए। मेरा आँखा बरबोटे चौतारोबाट हटेका थिएनन्। उज्यालो बाक्लो हुँदै गए पनि त्यहाँको दृश्य प्रस्ट देखिने बेला भएको थिएन।

म छाप्रोबाट फुत्त निस्केँ र ओरालो झरेँ। झाँक्रीथानमा पुग्दा पाइला टक्क रोकिए। बिहानको झिस्मिसेमै झाँक्रीले ओढारतिर मुन्ट्याउँछ कि भन्ने डरले मुटु ढुकढुक गर्‍यो। आँखा चिम्लेर तल्लो गरामा हाम फालेँ। त्यसैगरी, अझ तल्लो तल्लोमा हाम फाल्दै वीरमनटारी पुगेँ। खेतका गरागरा फाल हाल्दै भर्खर रोपेको रोपो उखेलिने गरी म बेँसीतिर दौडेँ। खुट्टामा लाएको चप्पल चुँड्यो। त्यो एकातिर फ्याँकेर दौडिरहेँ। बेँसी पुग्दा छ्याङ्ङ उजेलो भएको थियो।

खाली खुट्टाले लेउ लागेका ढुंगा टेक्दै म खोलो तरेर पारि गएँ। खेतका आली कुल्चँदै म बरबोटे चौतारोतिर हान्निएँ। टाढैबाट देखियो– त्यहाँ मान्छेको भीड जम्मा भइसकेको रैछ। म चौतारामा पुगेँ। त्यहाँ सयौँ सशस्त्र प्रहरी र थोरैमात्र सर्वसाधारण थिए।

एकजना प्रहरी अधिकृतले वाकीटकीबाट जिल्लामा रिपोर्ट लेखाउँदै थिए– हो साप! आतकंकारीले नै हो। बिहान ३ बजेतिर गोली हानेछन् साप। यही गाउँकै पण्डित बाजे रैछन्।

मेरो मनमा फररर काँडा उम्रे– को पण्डित मर्‍यो? कसले गोली हान्यो? प्रहरीले नजिक जान दिएका थिएनन्।

म लुकेर चौतारामाथि गएँ। चिलाउनेको रुखबाट चोरले झैँ चियाएँ– ओहो! वेदनिधि पण्डित बा रैछन्। उनको शरीर आधा जमिनमा गाडिएको थियो भने देब्रे हात भुइँमा पछारिएको थियो। टाउकाको टोपी चुच्चो परेको, जनैले घाँटी बेरिएको थियो। उनको नश्वर च्यानडाँडामा उभ्याइएको चिहानको मूर्तिझैँ देखिन्थ्यो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad