श्रीमान्‌द्वारा मुक्का हानेर श्रीमतीको हत्या

शनिबार, २६ फागुन २०७४, २१ : ३४ नागरिक

आठराई, तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ ।

बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले जानकारी दिए । 

मादकपदार्थ सेवन गरेका श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीको कञ्चटमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ । 

शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा राखिएको छ । ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत आठराई सडकखण्डमा मजदूरीका आएका थिए ।(रासस)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad