काठमाडौं– गोल्डेनगेट इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केटबल टिमलाई ६६–५६ को स्कोरले हराउँदै राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा पाँचौं जित दर्ता गरेको छ।
कीर्तिपुरको कोर्टमा बिहीबार भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई पहिलो क्वार्टरमा १३–९ को स्कोरले पराजित गर्दा दोस्रो र तेस्रो क्वार्टरमा २१–२०, २१–१३ को जित निकाल्यो।
चौथो क्वार्टरमा गोल्डेनगेट ११–१४ ले पराजित भए पनि समग्रमा ६६–५६ को नतिजा निकाल्दै महत्वपूर्ण ३ अंक खोस्न सफल भयो । खेलमा गोल्डेनगेटका राजीव जोशीले सर्वाधिक २० स्कोरर गरे।जितपछि गोल्डेनगेटको ९ खेलबाट १५ अंक भएको छ । गोल्डेनगेटले ५ खेलमा जित निकालेको छ भने ४ मा पराजित भएको छ । पराजित कीर्तिपुरको भने ६ खेलबाट १२ अंक छ।
कीर्तिपुरले ४ मा २ जित निकाल्दा २ खेलमा पराजित भएको छ।शंकरदेव क्याम्पसको खेलमैदानमा शुक्रबार हिमालयन हन्ड्सले साउथ साइडर्सको सामना गर्नेछ भने जेभियर इन्टरनेसनल कलेजले आफ्नै कोर्टमा बुढानीलकण्ठ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २५ फाल्गुन २०७४ ०३:०१ शुक्रबार