८ वैशाख २०८१ शनिबार
समाज

विषादी खुवाएर लुट्ने पक्राउ

कोहलपुर-भारतबाट संगै नेपाल फर्किएका सहकर्मीलाई विषादी खुवाएर रकम लुट्ने एक सहकर्मी पक्राउ परेका छन् । भारत हरिद्धारबाटसंगै नेपाल फर्केका सहकर्मीलाई कोहलपुर बसपार्कनजिक विषाली खुवाएर लुट्ने कैलाली लम्कीचुहा–५ का बमबहादुर रोकायलाई शुक्रबार बेलुका ५ बजेतिर कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

रोकायले बाग्लुङ् ताराका मोतिलाल घर्तीलाई रेडबुल र कोकमा विषादी मिसाएर बेहोस् बनाएका थिए। बेहोस् बनाएर ५२ हजार रुपैँया लुट्दै गर्दा प्रहरीले रोकायलाई नियन्त्रणमा लिएको छ । घर्ती भने बेहोस् रहेको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । भारतमा काम सकेर उनीहरुसंगै हरिद्धारबाट बसमा नेपाल फर्केका थिए।

 

 

 

 

प्रकाशित: ३ भाद्र २०७३ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App