मरेकाे खसीकाे मासु खाँदा २० जना बिरामी

मङ्गलबार, ०७ असार २०७३, १३ : २९

भीमदत्तनगर– कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा मरेको खसीको मासु खाँदा २० जना बिरामी भएका छन्।

बिरामीमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। सोमबार नगरपालिका–८ फुलेलीका दिलबहादुर ऐरले स्थानीयवासीलाई झुक्याएर मरेको खसीको मासु बिक्री गरेको र सोही मासु खाँदा स्थानीयवासी बिरामी परेको इलाका प्रहरी कार्यालय झलारीका सहायक प्रहरी निरीक्षक गणेश धामीले जानकारी दिए।

“प्रतिकिलो रु. दुई सयका दरले गाउँमा मासु बेचेको रहेछ”, प्रहरी सहायक निरीक्षक धामीले भने, “गाउँलेहरु बिरामी परेपछि मरेको खसीको मासु बेचेकाे भन्ने थाहा भयो।” बिरामी परेकामध्ये सात वर्षीया पवित्रा जोशी र आठ वर्षीय भुवनराज जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पवित्राकी आमा ३२ वर्षीया गौरी पनि मासु खाँदा बिरामी परेकी छन्। “सोह्र जनाको झलारी बजारका स्थानीय स्वास्थ्य संस्थामा उपचार हुँदैछ”, धामीले भने, “चार जना उपचारपछि घर फर्किसकेका छन्।” रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad