coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खुकुरी प्रहारबाट दुई घाइते

रुकुम – जिल्ला सदरमुकाम मुसीकोट खलंगामा एक युवकले हतियार प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। रुकुम (पूर्व) भुमे गाउँपालिका वडा नं. ३ का १८ बर्षीय रविन सुनारले खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारवाट रुकुम (पुर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ६ का १७ वर्षिय सुदिप बुढा र सोही ठाउँका १६ वर्षिय युवक केसी गम्भीर घाइते भएका छन्। उनीहरु तीनै जना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए। आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ।

घाइतेहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रण गरेको प्रहरी प्रहरी नायव निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७४ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App