८ वैशाख २०८१ शनिबार
समाज

मापसे र लेन अनुशासन कक्षा टेलिभिजनबाट

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले माधक पदार्थ सेवन र लेन अनुशासन उलङ्घन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ। 

यस अगाडि प्रोजेक्टरमार्फत कक्षा लिँदै आएको महाशाखाले आइतबारदेखि टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो। 

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले प्रोजेक्टरमार्फत कक्षा सञ्चालन गर्दा प्रोजेक्टर तात्ने, घाम लागेर टल्कने जस्ता समस्या भएकाले टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको जानकारी दिए। 

'मापसे र लेन अनुशासन सम्बन्धी दैनिक ६ घन्टा कक्षा लिन्छौँ, कक्षा लिँदा प्रोजेक्टर तात्ने हुँदा समस्या परेकाले टेलिभिजनमार्फत कक्षा लिन लागेका हौँ', उनले भने। 

महाशाखामा टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्नका लागि ५८ इन्चको एलिडि टेलिभिजन जडान गरिएको छ। महाशाखाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षा सञ्चालन गर्दै आएको छ। 

महाशाखाले हाल दैनिक लेन अनुशासन उलङ्घन सम्बन्धी ६ र माधक पदार्थ सेवन सम्बन्धी दुईवटा कक्षा लिँदै आएको छ। अहिले लेन अनुशासन उलङ्घन दैनिक ५०० जना र मापसे दैनिक १०० जनालाई कक्षा लिँदै आएको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: ३ भाद्र २०७३ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App