coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली—  भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ ।

उनी पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको समाचारमा जनाइएको छ ।

भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उनी  उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् ।

सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– हामीले गापन्धीलाई  अस्पताल भर्ना गरेका छौँ र उनलाई  फिजियोथेरापी गराउनुपर्ने भएको छ ।

उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् ।

उनी  गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज भएकी थिइन।उनलाई  हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो ।

उनी पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उनको  स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ ।

उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्सकको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उनलाई  सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज भएकि भिइन् ।

बिहीबार उनलाई  भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् ।

उनले भने– फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन । रासस/सिन्ह्वा

 

प्रकाशित: ३ भाद्र २०७३ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App