६ वैशाख २०८१ बिहीबार
समाज

हराएका पुरुषको शव भेटियो

सोलुखुम्बु—सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ। बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो। 

उनी हिजो राति करिब ८ बजेदेखि हराइरहेका थिए। निरौलाको हत्या भएको आशङ्कामा अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ। 

निरौला राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। खबरपछि प्रहरीले बाकु–५ स्थित जङ्गलमा आज बिहान शव फेला पारेको हो। 

शव परीक्षणका लागि सल्लेरी ल्याइदै गरेको र थप अनुसन्धानका लागि पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यलय ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए। रासस

प्रकाशित: ३ भाद्र २०७३ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App