coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। 

अधिवक्ता यज्ञमणि न्यौपानले बुधबार दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ। 

प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिएका थिए। फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए। 

प्रकाशित: २३ फाल्गुन २०७४ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App