७ वैशाख २०८१ शुक्रबार
समाज

घरमा आगो लाग्दा परिवारै विस्थापित

जुम्ला  – तातोपानी गाउँपालिका ४ मा आगलागीवाट एक घर जलेर नष्ट भएको छ। मंगलवार साझ लागेको आगो वुधवार विहान सम्म लाग्यो। चारैतिरवाट आगो लागेपछि स्थानीय  र प्रहरीले  नियन्त्रणमा लिन खोज्दा पनि आगो नियन्त्रणमा आउन सकेन। स्थानीय पुर्णप्रसाद न्यौपानेका अनुसार आगो कसरी, कसले, किन लगाएको भन्ने बारेमा खुलेको छैन। 

घरमुली लक्ष्मण पाण्डे झाकी हेराउनको लागि साझ पख पुख्यौली घरमा गएका थिए।  उनको चार जनाको परिवार फर्किने भनेर गाउँ गएको थियो, लक्ष्मण घरको सुरक्षाका लागि भएपनि फर्कने भन्दै थिए, स्थानीय पुर्ण प्रसाद न्यौपानेले भने, तर एक्कासी आगो लागेर घरको सुरक्षा गर्ने उनको सपना दिगो टिक्न सकेन। उनले भने, परिवार गाउँमा हिडेको केहि समयमै आगो लाग्न सुरु भइसकेको थियो। उनको चार जनाको परिवार छ। राति गाउँलेले फोन गरेर घरमा आगलागी भएको जानकारी गराएपछि मात्रै उनीहरु हतार हतारमा घरमा फर्केका हुन। 

घरमुली लक्ष्मणले भने, ‘आगो लागेर घर नष्ट हुँदा विस्थापित भएका छौ। गाउँमा गएर अर्काको घरमा बस्न बाध्य भएको उनले सुनाए। घरभित्र राखेको मोटरसाइकल स्थानीयले बाहिर ल्याइसकेका थिए। घरबाहिर रहेको डिजेलको ड्रम र युरिया मलको बोरामा आगो लाग्न सकेन। उनी होटल तथा पसल व्यवसायी हुन। ‘आगो लाग्ने वित्तिकै दमकलको लागि चन्दननाथ नगरपालिकामा फोन गरेका थियौ,’ स्थानीय पुर्ण प्रसादले भने ‘दमकल सुर्खेततिर गइसकेको जानकारी पाएपनि आगो निभाउनको लागि कुनै उपाय रहेन।’ आगलागीवाट झण्डै पौने करोड वरावरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले भने, ‘सामान्य आगो लागेको होला भन्ठानेका थियौ, तर स्थलगत रुपमा हेर्दा घर नै नष्ट भएर घरभित्रका कुनैपनि सामाग्री वचेको देखिएन।’ 

‘घरभित्रको अन्नपात, लत्ताकपडा व्यापारका लागि राखेको खाद्यान्न, दैनिक उपभोग्य सामान सबै जलेको छ। आफनै घरमा व्यापार व्यवसाय गरेर छोराछोरीको पढाईमा सहजता ल्याउने सपना थियो,’ घरमुली पाण्डेले भने, ‘त्यो सपना धेरै दिनसम्म टिक्न सकेन। उनको घर तातोपानी गाउँपालिकाकै सबैभन्दा महंगो र सजावटका दृष्टिले उत्कृष्ठ नै मानिन्थ्यो।’  

प्रमुख जिल्ला अधिकारी  पौडेलले स्थलगत रुपैमै पुगेर राहत स्वरुप १५ हजार रुपैया राहत उपलव्ध गराएका थिए । उनले जिल्लामा रेडक्रसको काम प्रभावकारी नभएकोले तत्कालका व्यवस्थापनका लागि १५ हजार रुपैया उपलव्ध गराएको वताए। तीन तलाको उक्त घरका १२ वटा कोठा  थिए। आगलागीपछि परिवार गाउँमा गएर बस्न थालेको छ। 

प्रकाशित: २३ फाल्गुन २०७४ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App