coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले एकलौटी गरेको एमालेको आरोप

रुकुम – नेकपा एमाले र नेकपा माओवादीले आगामी दिनमा पार्टी एकता गर्नेगरी सरकार गठनमा भागबण्डा गरे। त्यसैगरी प्रदेश, प्रतिनिधी र राष्ट्रिय चुनावमा पनि सहकार्य गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल नयाँ पार्टीको अध्यक्ष बन्ने र दाहाल प्रधानमन्त्री बन्दा ओली पार्टी अध्यक्ष हुने गरि आलोपालो सरकार र पार्टी सञ्चालन गर्नेगरि सहमति भयो। केन्द्रमा सहमति सहकार्यमा कामकाज सञ्चालन भएपनि जिल्लामा माओवादीले एक्लौटी काम गरिरहेको एमालेले जनाएको छ। 

योजनादेखि अन्य काममा माओवादीले सहकार्य र सहमति नगरि एकलौटी ढंगबाट काम गरिरहेको एमाले प्रचार प्रसार समितिका संयोजक कर्णबहादुर ओलीले जानकारी दिए। ‘केन्द्रमा मिलेर गएका छन्’ उनले भने, ‘यहाँ मिलेको अनुभूति भएको छैन् ।’ माओवादी आफ्नो शक्तिको घमण्ड गर्दै एमाले संग सहकार्य नगरेको एमाले नेता तथा कार्यकर्ताहरुको भनाई छ। ‘केन्द्रमा एमाले ठुलो शक्तिमा छ’ उनले भने ‘त्यसो भए एमाले माओवादीसंग मिल्न जरुरी छैन्।’ जनता तथा कार्यकर्ताहरु एकताको पक्षमा रहेकाले एकता गर्नु परेको उनको भनाई छ। एकता केन्द्रमा मात्र नभई गाउँ सम्म हुनु पर्ने यहाँका नेताहरुको भनाई छ। यता नेकपा माओवादीले भने कुनै प्रकारको विभेद नभएको दाबी गरेको छ।

एकताको आस गर्दै एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी उम्मेद्वार जिताउन चुनावी प्रचार प्रसार गरेका थिए। तर अहिले विभेद भएको भन्दै उनीहरु निराश भएका छन्। गाउँ तहमा गठन हुने विभिन्न समितिहरु एकलौटी गरेको एमालेले जनाएको छ। केही दिनअघि एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनले भौतिक संरचना बाडफाड, शिक्षक नियुक्ति, सरुवा लगायतका विषय एक्लौटी गरेमो भन्दै ध्यानाकर्षण गराएको थियो। आफूहरुलाई वाइपास गरि माओवादी सम्बद्ध शिक्षक संगठन एकलौटी चलेको उनीहरुको भनाई थियो। पार्टी लगायत सबै भातृ संगठनहरु बीच कुनै सहकार्य नभएको उनीहरुको भनाई छ। दुई पार्टीबीच आपसी सहकार्य गर्न र पार्टी एकताको सद्भाव बाड्नुपर्ने एमाले अध्यक्ष बिमल पुनले जानकारी दिए।

पार्टी एकीकरण जिल्ला संयोजन समन्वय समिति गठन गरिएको छ। यस समितिमा कुनै पनि छलफल नहुने बताइएको छ। नेकपा एमालेले गाउँ गाउँबाट कार्यकर्ताहरुबाट समेत सुझाव संकलन गरेको थियो। ‘हामीले यहाँका नेता तथा कार्यकर्ताहरुसंग बुभ्mदा एकता भएको महसुस भएको पाइएन्’ पार्टी एकीकरण जिल्ला संयोजन समन्वय समितिमा समेत रहेका पुनले भने, ‘हामीले नेता तथा कार्यकर्तावाट आएका कुराहरु जस्ताको त्यस्तै माथिल्लो निकायमा पठाएका छौं।’ एकताको अनुभुती केन्द्रदेखि गाउँसम्म हुनुपर्ने यहाँका एमाले नेता तथा कार्यकर्ताहरुको भनाई छ।

प्रकाशित: २३ फाल्गुन २०७४ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App