coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

ट्विटरले किन बन्द गर्‍यो २ लाख ३५ हजार एकाउन्ट?

क्यालिर्फोनीया—सामाजीक संजाल ट्विटरले उग्रवादी भएको भन्दै आफ्ना  २ लाख ३५ हजार प्रयोगकर्ताको एकाउन्ट बन्द गरेको जनाएको छ। ट्विटरले राजनितीक दंगा भड्काउने, आतंकबादको प्रोत्साहान गर्ने सामाग्री सामाजीक सांजलमा पोस्ट गरेको भन्दै उनीहरुको एकाउन्ट बन्द गरिएको जनाएको छ। गत फेब्रुअरीमा ट्विटरले सामाजमा हिंसा भड्काउन खोजेको र आतंकबाद फैलाउन खोजेको भन्दै १ लाख २५ हजार एकाउन्ट बन्द गरिएको जनाएको थियो।

ट्विटरले यस्तो उग्रबादी सन्देश फैलाउन खोज्ने प्रयोगकर्ताको संख्या दैनिक ८०  जना हुने गरेको र उनीहरुको एकाउन्ट बन्द गरिदै आएको जनाएको छ।

विगतमा समाजमा आतंक फैलाउन खोज्ने र सामाजीक हिंसा फैलाउने खालका पोस्टामाथी कुनै कदम नचालेको भन्दै ट्व्टिरको विरोध हुदै आएको थियो।

 

प्रकाशित: ३ भाद्र २०७३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App