coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

काठमाडौं – संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन्।

बुधबार अपराह्न तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नेता चयन गरेको हो। 

यादवलाई संसदीय दलको नेताका लागि महासचिव रामसहाय यादवले प्रस्ताव गरेका थिए। प्रस्तावमा सबैले सहमति जनाएको सांसद प्रदीप यादवले जानकारी दिए।

फोरमले मंगलबारमात्रै वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो। यद्यपी गठबन्धनसँग लिखित सहमति हुन बाँकी छ। 

संविधान संशोधन र मधेसमा मुद्दा सम्बोधन हुने ग्यारेन्टी भएपछि फोरम सरकारमा जाने तयारीमा छ। सरकारमै बसेर मुद्दा सम्बोधन गराउने उसको कार्ययोजना छ।

प्रकाशित: २३ फाल्गुन २०७४ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App