coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

रियो दि जेनेरियो— विश्वका तिब्र गतिका जमैकन धावक उसेन बोल्टले ओलम्पिकमा आफ्नो स्वर्ण संख्या ८ पुर्‍याएका छन्।

बोल्टले पुरुष २०० मिटर दौडमा स्वर्ण जित्दै आफ्नो स्वर्ण संख्या आठ पुर्‍याएका हुन्। उनले निर्धारित दुरी १९.७८ सेकेण्डमा पुरा गरे । त्यस्तै क्यानडाका एन्ड्रे डि ग्रासीले रजत तथा फ्रान्सका क्रिस्टोफी लिमाइटरले कास्य पदक जिते।

यस अघि १०० मिटरमा समेत स्वर्ण जितेका बोल्टले शनिबार बिहान हुने ४ गुणा सय मिटरमा समेत स्वर्ण जित्ने  लक्ष्य रहेको बताइसकेका छन्।

 

 

प्रकाशित: ३ भाद्र २०७३ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App